भाद्र ६, २०८३ शनिबार August 22, 2026

प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित (सुचना सहित)

सूचना टाँस गरेर संसद बैठक ४ बजेका लागि तय गरिए पनि साँझ ५ बजेसम्म पनि बैठकमा सहमति जुट्न सकेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य गर्न भन्दै बसेको सत्ता पक्ष र प्रतिपक्ष दलको बैठक बिना सहमति सकिएको छ । बैठक सञ्चालनको विषयमा कुरा नमिलेपछि प्रतिनिधिसभाको बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

सभामुख देवराज घिमिरेका प्रेस सल्लाहाकार शेखर अधिकारीले आज अपराह्न ४ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरेर भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत साउन २ गते भित्रिएको सय किलो हाराहारी तस्करीको सुन प्रकरणमा अनुसन्धान गर्न भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै संसदमा अवरोध कायम गरेको छ ।

यता सरकारले भने सो प्रकरणमा प्रहरीले अनुसन्धान जारी राखेकोले छानबिन समिति बनाउन आवश्यक नपर्ने बताएको छ ।  एमालेको अडानका कारण संसदमा गतिरोध कायम भएपछि संसद सुचारु गराउन भन्दै सभामुख देवराज घिमिरेले पहल थालेका थिए ।

बिहान उनले प्रधानमन्त्री, सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका मुख्य नेताहरुबीच सिंहदरबारमा छलफल राखेका थिए । तर दुबै पक्ष आफ्नो अडानमा कायम रहेपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्न सकेन ।

सिंहदरबारमा सहमति नजुटेपछि साढे २ बजे निस्किएका प्रधानमन्त्री सहितका मुख्य नेताहरु साढे ३ बजेपछि नयाँ बानेश्वरमा छलफलमा बसेका थिए ।

सूचना टाँस गरेर संसद बैठक ४ बजेका लागि तय गरिए पनि साँझ ५ बजेसम्म पनि बैठकमा सहमति जुट्न सकेन ।  त्यसपछि सूचना टाँस गरेर भोलिसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
२०८३ भाद्र ६, शनिबार
रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ मन्थन कार्यशाला सुरु
२०८३ भाद्र ६, शनिबार
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’ : मुख्यमन्त्री थापामगर
२०८३ भाद्र ६, शनिबार
‘सुपर एल निनो’को जोखिम : नेपालमा ऊर्जा सङ्कटदेखि खडेरीसम्मको चिन्ता
२०८३ भाद्र ६, शनिबार
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र ६, शनिबार