काठमाडौंः गायक राजेशपायल राईको स्वरमा रहेको गीत ‘जानु ए जानु’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विनोद पछाईको सङ्गीत, जानुका ढकालको शब्द, महाराज थापाको एरेन्ज र मीन विष्टको मिक्सिङ तथा मास्टरिङ छ ।

भिडियोमा मोडल आभा थापा र बद्रीप्रसाद तिवारीलाई प्रस्तुत गरिएको छ । नवनारी इन्टरटेनमेन्टको प्रस्तुति रहेको भिडियोमा आभा र बद्रीलाई प्रेमिल भावमा देखाइएको छ । निशान घिमिरेको सम्पादन तथा निर्देशन रहेको भिडियोमा राजीव समरको कोरियोग्राफी, उत्तम हुमागाईंको छायाङ्कन र सुवास तिमिल्सिनाको मेकअप छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया