कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

काठमाडौँको कथामा चलचित्र ‘महानगर’को ट्रेलर सार्वजनिक

महानगरको सपना र यथार्थलाई दुई चरित्रमार्फत प्रस्तुत गर्ने प्रयास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपालसँगै विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भइसकेको चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौँ) को दृश्यसहितको प्रचार सामग्री (ट्रेलर) सार्वजनिक गरिएको छ ।

चलचित्रका मुख्य कलाकार अभिनेता कार्म र अभिनेत्री मेनुका प्रधान वरिपरि घुमेको ट्रेलरले महानगरको सपना र यथार्थलाई दुई चरित्रमार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ । सानो घटनाका कारणसँगै भएका दुई चरित्रको जीवनमा एक रातले ल्याएको परिवर्तनलाई चलचित्रमा उतारिएको लेखक तथा निर्देशक मोहन राईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई देखाउने कोसिस गरेका छौँ । यहाँ बाहिरिया भएर बाँच्नु र सङ्घर्ष गर्नुको मेरो आफ्नै भोगाइ छ । मेरो यही अनुभव र भोगाइलाई क्यामरामार्फत पर्दामा उतारुँ भन्ने सोचले चलचित्र तयार गरेँ । खासमा यो ‘ह्युमन कनेक्सन्’ र ‘होप’ बारेको चलचित्र हो ।”

चलचित्रमा अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे, राज पौडेललगायत कलाकारले अभिनय गर्नुभएको छ । चलचित्रमा नरेन्द्र मैनालीले छायाङ्कन, परीक्षित झाले सम्पादन, किशोर आर्चायले ध्वनि सम्पादन तथा पुष्पा सङ्गमले सङ्गीत सिर्जना गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एन-प्याब्सनलाई गृह मन्त्रालयले गर्यो निलम्बन, गतिविधि गरे कारबाहीको चेतावनी
२०८३ कार्तिक १३, शुक्रबार
नेप्से राताम्मे, ३४८ कम्पनीको ८ अर्ब ८९ करोडको शेयर कारोबार
२०८३ कार्तिक १३, शुक्रबार
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
२०८३ कार्तिक १३, शुक्रबार
हजार गोलको लक्ष्यमा रोनाल्डोको अर्को फड्को, अल खोलुदविरुद्ध गरे ह्याट्रिक
२०८३ कार्तिक १३, शुक्रबार
मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै
२०८३ कार्तिक १३, शुक्रबार
अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
२०८३ कार्तिक १३, शुक्रबार
काठमाडौंका यी स्थानमा आज साढे पाँच घण्टा लोडसेडिङ्ग
२०८३ कार्तिक १३, शुक्रबार