कार्तिक १७, २०८३ मंगलबार November 3, 2026

माछा मार्न जाँदा जब अमेरिकन मेयरले १५ करोडको कोकिन फेला पारे

कोकेनको मूल्य लगभग १.१ मिलियन डलर बराबर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः आफ्नो परिवारसँग माछा मार्ने क्रममा फ्लोरिडाको टम्पाका मेयर जेन क्यास्टरले पानीमा लगभग ७० पाउण्ड (३१.७ किलो) कोकेन फेला पारेकी थिइन्। जसको लागत करिब ११ लाख डलर (झन्डै १५ करोड नेपाली रुपैयाँ ) रहेको बताइएको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार त्यस कोकिनका बारे अहिले अनुसन्धान भईरहेको छ तर त्यो कोकिन कस्को हो ? र किन समुन्द्रको छेउमा छाडेर गएका थिए ? त्यो भने अझै पत्ता लाग्न सकेको छैन ।

फक्स १३ न्युजका अनुसार जेन क्यास्टरले गत जुलाई २३ मा फ्लोरिडाको कीजमा एक दिन बिदाको मजा लिदै थिइन्। त्यही समयमा उनको परिवारका एक सदस्यले एट्लान्टिकमा केही तैरिरहेको देखे। सुरुमा उनीहरूले सोचे कि यो कुनै चीजको छाया हो वा समुद्रमा केही साना माछाहरू छन्। मेयरको परिवारका एक सदस्यले फक्स १३ न्यूजलाई भने कि जब उनीहरूले नजिकबाट हेरे, त्यो कोकिनको बन्डल थियो।

क्यास्टरले आफ्नो डुङ्गामा कोकिनको बन्डल बोकेको थियो, जुन लगभग माइक्रोवेभ ओभनको आकारको थियो। कोकिनको यो बन्डल प्लास्टिकको तहले कडा रूपमा प्याक गरिएको थियो, २५ इटाहरू भित्र भरिएको थियो र प्रत्येक इट्टामा बैजनी पुतलीको छाप लगाइएको थियो। यसपछि मोनरो काउन्टी सेरिफको कार्यालयमा फोन गरेर सबै जानकारी दिइयो र तत्काल जफत गरियो। गत जुलाई २४ मा अधिकारीहरूले सोशल मिडियामा यो घोषणा गरे।

उनले सामाजिक सञ्जाल पोस्टमा लेखेका छन्, ‘सीमा गस्तीले मियामी सेक्टरमा ७० पाउण्ड कोकेन बरामद गरेको छ, यो फ्लोरिडाको कीजमा एक नाविकले पत्ता लगाएको थियो। कोकेनको मूल्य लगभग १.१ मिलियन डलर बराबरको छ । यससँगै उनले सो प्याकेजको तस्विर पनि सामाजिक सञ्जालमा सेयर गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशभर लागूऔषधसहित पक्राउ पर्ने क्रम जारी, एकै दिन १२ जिल्लामा प्रहरीको एक्सन
२०८३ कार्तिक १७, मंगलबार
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
२०८३ कार्तिक १७, मंगलबार
भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि भोलि नेपाल आउँदै
२०८३ कार्तिक १७, मंगलबार
आज अपराह्न ३ बजे मन्त्रिपरिषद् बैठक, सापकोटा प्रकरणले पाउन सक्छ प्राथमिकता
२०८३ कार्तिक १७, मंगलबार
सुनको मूल्य बढ्योः चाँदीको घट्यो
२०८३ कार्तिक १७, मंगलबार
गृहमन्त्रीविरुद्धको स्टाटस प्रकरण : नेकपा नेता पोखराबाट पक्राउ, गोरखा पठाइयो
२०८३ कार्तिक १७, मंगलबार
मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् भोजपुरका किसान
२०८३ कार्तिक १७, मंगलबार