कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

लघु चलचित्र ‘लिलामी’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौ: नेपाली युवाले देशभित्र पाएको दुःख झमेलाको कथा समेटिएको लघु चलचित्र ‘लिलामी’ सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा टिसीटी इन्टरटेइनमेन्ट युट्युव च्यानलमार्फत चलचित्र सार्वजनिक गरिएको कार्यकारी उत्पादक जीवन भण्डारीले जानकारी दिए ।

लघु चलचित्रको निर्देशन पत्रकार रामजी ज्ञवालीले गरेका हुन् । निर्देशक ज्ञवालीले यसअघि एक दर्जनभन्दा बढी लघु चलचित्रको निर्देशन गरिसकेका छन् भने कार्यकारी उत्पादक भण्डारीले अन्य लघु चलचित्रमा गीत तथा कथा लेखेका छन् ।

पवन बस्यालको कथा लेखन रहेको चलचित्रमा महेश खड्का,सविना राउत,दीपक ढकाल, नारायण कँडेल,राजेश भट्टराई,सुदिन श्रेष्ठ,शिबु पाण्डेलगायतले अभिनय गरेका छन् ।

नेपालभित्र जे काम गर्दा पनि सहयोग र प्रोत्साहन नपाएपछि युवाहरु विदेशिन बाध्य भएको विषयवस्तु चलचित्रमा उतारिएको छ । लिलामीको व्यवस्थापकको जिम्मेवारी युवराज घिमिरेले र सम्पादनको जिम्मेवारी नहकुल खड्काले निर्वाह गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित
२०८३ कार्तिक १२, बिहिबार
झापामा शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचान तालिम
२०८३ कार्तिक १२, बिहिबार
प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन हेटौंडामा सुरु
२०८३ कार्तिक १२, बिहिबार
एनपिएलः जनकपुरविरुद्ध काठमाण्डु टस जितेर ब्याटिङमा
२०८३ कार्तिक १२, बिहिबार
इरानसँग वार्ता अघि बढाउन भान्सको पहल
२०८३ कार्तिक १२, बिहिबार
सुनचाँदी बजारमा उतारचढाव : सुन महँगिँदा चाँदी सस्तियो
२०८३ कार्तिक १२, बिहिबार
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार