कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

‘गोर्खा वारियर’ को प्रिमियरमा द ब्याण्ड अफ द ब्रिगेड अफ गुर्खाजले प्रस्तुती दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा नेपाली चलचित्र ‘गोर्खा वारियर’को वल्र्ड प्रिमियर आगामी भदौ २४ अर्थात् १० सेप्टेम्बरमा हुँदै छ । निर्माता तथा निर्देशक मिलन चाम्सले प्रिमियरको तयारी अन्तिम चरणमा रहेको जानकारी दिएका छन् । सो प्रिमियरमा बेलायती सेनाको ‘द ब्याण्ड अफ द ब्रिगेड अफ गुर्खाज’ ले प्रस्तुती दिने तय भएको निर्देशक चाम्सले बताए ।

‘नेपाली फिल्मको लागि गर्विलो इतिहास लेखिँदै छ । उक्त बेलायती सेनाको ब्याण्डले दिने सम्मान आफैँमा गौरवपूर्ण हुनेछ । उहाँहरू गोर्खालीको कथालाई पर्दामा देखाउने भएपछि स–सम्मान आफ्नो प्रस्तुती दिन तयार हुनुभएको हो’, निर्देशक चाम्सले भने, ‘सो प्रिमियरमा बेलायत सेनाका उच्च पदाधिकारीसमेत सहभागी हुनेछन् । गोर्खालीको विषयमा फिल्म बनेको छ भन्ने थाहा पाएँपछि उहाँहरूले दिनुभएको सम्मानलाई म शब्दमा व्यक्त गर्न सक्दिन ।’ बेलायती सेनाको ब्याण्डले पहिलोपटक फिल्मको प्रिमियरमा आफ्नो प्रस्तुती दिनेछ ।

हलिउडका ठूला कलाकारझैँ नेपाली कलाकारलाई प्रिमियरको दौरान रेड कार्पेटमा हिँडाउने तयारीमा रहेका निर्देशक चाम्सले उक्त चलचित्र भवनमा हलिउडका ठूला कम्पनी मार्भल, डिसी, युनिभर्सल, डिज्नीको चलचित्र विशेष प्रदर्शनी भइसकेको बताए ।

‘गोर्खालीको गौरव गाथालाई त्यहाँ देखाउन पाउँदा निकै उत्साहित छु, किनकि हाम्रो वीरताको कथा विश्वले देख्नेछ’, निर्देशक चाम्सले भने ।  उनले लन्डनको लिसेस्ट स्क्वायरस्थित आइम्याक्स हलमा हुने प्रदर्शनीमा बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटीलगायतलाई निम्तो दिइएको जानकारीसमेत दिए ।

युद्धको कथामा बनेको ‘गोर्खा वारियर’मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा छ । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन्।

फिल्ममा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित
२०८३ कार्तिक १२, बिहिबार
झापामा शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचान तालिम
२०८३ कार्तिक १२, बिहिबार
प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन हेटौंडामा सुरु
२०८३ कार्तिक १२, बिहिबार
एनपिएलः जनकपुरविरुद्ध काठमाण्डु टस जितेर ब्याटिङमा
२०८३ कार्तिक १२, बिहिबार
इरानसँग वार्ता अघि बढाउन भान्सको पहल
२०८३ कार्तिक १२, बिहिबार
सुनचाँदी बजारमा उतारचढाव : सुन महँगिँदा चाँदी सस्तियो
२०८३ कार्तिक १२, बिहिबार
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार