असोज २०, २०८३ मंगलबार October 6, 2026

२२६ जना नयाँ कोरोना संक्रमित थपिए, २२१ जना संक्रमण मुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

 काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाका अनुसार २ सय १३ जना पुरुष र १३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ११ महिने शिशु समेत छन् ।

दैलेखमा ४१ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये नारायण नागरपालिकाका २५ जना छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १७ देखि ३५ वर्षका ९ जना र सुर्खेतमा गरिएको परीक्षणमा १० देखि ३६ वर्षका १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

दुल्ल नगरपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा २३ र ३० वर्षकी दुई महिला छन् भने २ वर्षका बालकदेखि ३९ वर्षका पुरुष छन् ।

यस्तै दैलेखकै देवकाँडाका ३ जना १८ देखि ३८ वर्षका पुरुष, सिमडाका २ जना २४ र ३९ वर्षीय पुरुष, सोतका ३५ वर्षीय पुरुष, सादुका २२ वर्षीय पुरुष र जुकेपानीका ६० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

महावु गाउँपालिकाका २५ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै जुम्लामा १९ जनामा संक्रमण पुष्टि भएको छ ।

हिमाका ८ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु २३ देखि ६३ वर्ष उमेरका पुरुष हुन् । सिन्जाका ९ जना छन् । उनीहरु १२ देखि ४५ वर्षका छन् । जुम्लामा कार्यरत २७ र ३४ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सल्यानका १० जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु वनगाढ कुपिण्डेका २० देखि ४० वर्षका पुरुष हुन् ।

सुर्खेत बराहतालका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु २० देखि २६ वर्षका छन् ।

यस्तै कपिलवस्तुमा ४० जना संक्रमित थपिएका छन् । त्यसमध्ये १२ जना शिवराजको क्वारेन्टिनमा छन् । उनीहरु १९ देखि ५५ वर्षका छन् । हरिहरपुरका ८ जना छन् । उनीहरु १९ देखि ३८ वर्षका छन् । यस्तै रंगीलाल माविको क्वारेन्टिनमा रहेका ११ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । उनीहरु १७ देखि ३५ वर्ष उमेर समूहका छन् । महाराजगञ्जका २ जना ३० र ३३ वर्षका पुरष र बाणगंगाका २ जना ३१ र ३८ वर्षकी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तुकै चन्द्रौटाको क्वारेन्टिनमा रहेका ३ जना र रघु सामुदायिक स्कुलको क्वारेन्टिनमा २ जना २७ र ४६ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

रौतहटमा १८ जना संक्रमित थपिएका छन् । परोहाका १४ जना संक्रमित १९ देखि ४५ वर्षका पुरुष हुन् । यमुनामाई गाउँपालिकाका ४ जना छन् । संक्रमित हुनेमा २० वर्षीय महिला र २२ देखि ३५ वर्षका तीन पुरुष छन् ।

बाँकेमा ७ जना संक्रमित थपिएका छन् । उनीहरु डुडवाका १७ देखि ३५ वर्षका पुरुष छन् ।

दाङका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमित हुनेमा तुलसीपुर उपमहानगपालिकाका ५ जना छन् । उनीहरु १८ देखि २३ वर्षका पुरुष हुन् । गडवाका २ जना २४ र ३६ वर्षका पुरुष, लमहीका ४० वर्षीय पुरुष र राप्तीका ३६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

धनुषामा ७ जना संक्रमित थपिएका छन् । उनीहरु मध्ये धनौजीका ४ जना छन् । उनीहरु १८ देखि ३२ वर्षका छन् । हंशपुरका दुई जना १९ र २० वर्षका पुरुष र प्रादेशिक अस्पतालमा उपचाररत २१ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै सिराहाको सूर्यनारायण सत्यनारायण क्वारेन्टिनमा रहेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । उनीहरु १८ देखि ६० वर्षका छन् ।

जनकपुरको प्रादेशिक अस्पतालमै रहेका उदयपुरका ३१ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

महोत्तरीमा २ जना थपिएका छन् । लहोरपट्टी क्वारेन्टिनमा रहेका उनीहरु दुवै १८ वर्षका छन् ।

सर्लाहीका ३८ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै जनता माविको क्वारेन्टिनमा छन् । संक्रमित हुनेमा ९ वर्षीयासहित ५ जना महिला छन् भने अरु पुरुष हुन् ।

यस्तै कैलालीमा १४ संक्रमित थपिएका छन् । २ वर्षीया बालिकासहित तीन महिला छन् भने ११ पुरुष छन् । उनीहरु ५ वर्षका बालकदेखि २७ वर्षका छन् ।

कञ्चनपुरमा ११ महिने बालक, अछाममा एक वर्षीय बालक, बैतडीका ३४ वर्षीय पुरुष, डोटीका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

झापा बारादशीका ३२ र ४६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी पूर्व कावासोतीका २ जना २२ र ३६ वर्षीय पुरुष, विणा त्रिवेणीका १४ वर्षीय बालकको पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यसैगरी मनवानपुरका ६१ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । नर्भिक अस्पतालमा उपचाररत उनलाई अहिले पाटन अस्पताल लगिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको सख्ंया १७९८ पुगेको छ । उनीहरु मध्ये ८ जनाको मृत्यु भएको छ भने २२१ जना निको भएर घर फर्किएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Communication Ministry signs performance agreement with subordinate bodies
२०८३ असोज २०, मंगलबार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार