श्रावण १९, २०८३ मंगलबार August 4, 2026

गायक बिक्रमको नयाँ गीत ‘गल्फ्रेन्ड छोडे मैले’ सार्वजनिक

गीतको भिडियोमा नायक पल शाह, बिजय पुन, बिष्णु पुन र यानी पुनको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः लोकप्रिय गायक बिक्रम जङ्ग शाहको नयाँ गीत ‘गल्फ्रेन्ड छोडे मैले’ सार्वजनिक भएको छ ।

गीतमा गायक बिक्रम जङ्ग शाह र लोकप्रिय गायिका टीका पुनको स्वर रहेको छ । गीतमा यज्ञ वि.कको लय र शब्द रहेको छ ।

बिनोद बाजुरालीको संगित संयोजन रहेको गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो । उद्दार म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतको म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् । गीतको भिडियोमा नायक पल शाह, बिजय पुन, बिष्णु पुन र यानी पुनको अभिनय रहेको छ ।

गीतको भिडियोमा प्रेमी र प्रेमिका बिचको माया प्रेमका बिच शंका उपशंका र असमझदारीका कारण साथ छोडेपछीको स्वतन्त्रता दर्शाइएको छ । टिफिकल गीत गाउन अब्बल गायक शाहका यस अगाडी माइला, खोला खोल्सी, ज्यानलाई भो खतरा, टिलपिल तारा, मनमा तिमी लगायत थुप्रै गीतहरु चर्चित छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया