कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

गायक बिक्रमको नयाँ गीत ‘गल्फ्रेन्ड छोडे मैले’ सार्वजनिक

गीतको भिडियोमा नायक पल शाह, बिजय पुन, बिष्णु पुन र यानी पुनको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः लोकप्रिय गायक बिक्रम जङ्ग शाहको नयाँ गीत ‘गल्फ्रेन्ड छोडे मैले’ सार्वजनिक भएको छ ।

गीतमा गायक बिक्रम जङ्ग शाह र लोकप्रिय गायिका टीका पुनको स्वर रहेको छ । गीतमा यज्ञ वि.कको लय र शब्द रहेको छ ।

बिनोद बाजुरालीको संगित संयोजन रहेको गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो । उद्दार म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतको म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् । गीतको भिडियोमा नायक पल शाह, बिजय पुन, बिष्णु पुन र यानी पुनको अभिनय रहेको छ ।

गीतको भिडियोमा प्रेमी र प्रेमिका बिचको माया प्रेमका बिच शंका उपशंका र असमझदारीका कारण साथ छोडेपछीको स्वतन्त्रता दर्शाइएको छ । टिफिकल गीत गाउन अब्बल गायक शाहका यस अगाडी माइला, खोला खोल्सी, ज्यानलाई भो खतरा, टिलपिल तारा, मनमा तिमी लगायत थुप्रै गीतहरु चर्चित छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एन-प्याब्सनलाई गृह मन्त्रालयले गर्यो निलम्बन, गतिविधि गरे कारबाहीको चेतावनी
२०८३ कार्तिक १३, शुक्रबार
नेप्से राताम्मे, ३४८ कम्पनीको ८ अर्ब ८९ करोडको शेयर कारोबार
२०८३ कार्तिक १३, शुक्रबार
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
२०८३ कार्तिक १३, शुक्रबार
हजार गोलको लक्ष्यमा रोनाल्डोको अर्को फड्को, अल खोलुदविरुद्ध गरे ह्याट्रिक
२०८३ कार्तिक १३, शुक्रबार
मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै
२०८३ कार्तिक १३, शुक्रबार
अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
२०८३ कार्तिक १३, शुक्रबार
काठमाडौंका यी स्थानमा आज साढे पाँच घण्टा लोडसेडिङ्ग
२०८३ कार्तिक १३, शुक्रबार