असोज २०, २०८३ मंगलबार October 6, 2026

एकै दिन २८८ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या २ हजार नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । आज थप दुई सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई हजार ९९ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप दुई सय ७० जना पुरुष र १८ जना महिला गरी जम्मा दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिएका छन ।

प्रवक्ता डा.देवकोटाले धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका ३८ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा स्याङ्जा चापाकोटका पाँच र पर्वतका पाँच जना गरी जम्मा १० जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका एक जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १७ जना र बर्दियाका तीन जना गरी जम्मा २० जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिएका छन ।

यसै गरी प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका २७ जना, दैलेखका नौ जना, सल्यानका १८ जना र अछामका १० जना गरी जम्मा ६४ जना, हेटौडा किटजन्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका एक जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका १७ जना, सेती अस्पतालमा गरिएको परीक्षणमा कैलालीका १० जना र कञ्चनपुरको आठ जना गरी जम्मा १८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसै गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका चार जना , भक्तपुरका एक जना, धनुषाका छ जना, महोत्तरीका दुई जना, रौतहटका ३६ जना, सर्लाहीका २१ जना, सिराहाका १७ जना, कपिलवस्तुका १६ जना, धादिङका एक जना, नवलपरासीका दुई जना, रुपन्देहीका १० जना र नुवाकोटका दुई जना गरी जम्मा एक सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन ।

नेपालमा हालसम्म ६१ जिल्लाका एक हजार नौ सय ४९ जना पुरुष र एक सय ५० जना महिलामा कोरोना भाईरस सङ्क्रमणको पुष्टि भएको छ ।

यसै गरी आज थप ४५ जना उपचारपछि निको भई डिस्चार्ज भएसँगै हालसम्म कूल दुई सय ६६ जना उपचारपछि निको भई घर फर्किएका छन् ।

प्रवक्ता डा.देवकोटाले विपिकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका १७ जना र सुनसरीका एक जना गरी जम्मा १८ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाट मकवानपुरका एक जना, गुल्मी अस्पतालबाट गुल्मीका एक जना, भिमदत्त अस्पताल कञ्चनपुरबाट रुपन्देहीका १६ जना र कपिलवस्तुका नौ जना गरी जम्मा २५ जना उपचारपछि निको भई आज घर फर्किएको जानकारी दिएका छन ।

हालसम्म दुई सय १२ जना पुरुष र ५४ जना महिला कोरोना भाइरसको उपचारपछि निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Communication Ministry signs performance agreement with subordinate bodies
२०८३ असोज २०, मंगलबार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार