कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

सारुकको अन्तिम म्युजिक भिडियो ‘माया’ सार्वजनिक (भिडियो)

सारुकले गत असार २१ गते आफ्नै रातोपुलस्थित आफ्नै निवासमा आत्महत्या गरेका थिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः दिवंगत अभिनेता सारुक ताम्राकारलाई श्रद्धाञ्जली अर्पण गर्दै उनको अन्तिम म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत् सारुकको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’को केही दृश्यलाई सम्पादन गरेर तयार परिएको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा सारुककी आमा रुकमणी ताम्राकार, नेपाल चलचित्र कलाकार संघको अध्यक्ष मोहन निरौला, अभिनेत्री सृष्टी श्रेष्ठ, अभिनेत्री मेलिना जोशी, अभिनेता मनिष श्रेष्ठ, निर्माता सरोज न्यौपाने र रोहित अधिकारी, निर्देशक सुदर्शन थापा, आदी लगायतका उपस्थित रहेको थियो ।

रे भेञ्चर्सका अध्यक्ष तथा चलचित्र निर्देशक राजिव गुरुङले चलचित्र पूरा गर्न नसकेपनि सारुकको कामलाई समेटेर म्युजिक भिडियो सार्वजनिक गरिएको जानकारी दिए । ‘हामीले चलचित्र पूरा गर्न सकेनौँ । तर, सारुकको कामलाई समेटेर उसलाई मन परेको गीतमा ती दृश्यलाई राखेर म्युजिक भिडियो तयार गरेका छौँ । हाम्रो तर्फबाट सारुकलाई यो श्रद्धाञ्जली हो ’,  गुरुङले भने ।

भिडियोमा सारुकसँगै निकिता आचार्य, महेश मगर, सागर परियारलाई पनि समेटिएको छ ।

सारुककी आमा रुकमणिले आफ्नो छोराले कामलाई म्युजिक भिडियोको माध्यमले सार्वजनिक गरिदिएकोमा धन्यवाद व्यक्त गरिन् । यस्तै, कलाकार संघका अध्यक्ष मोहन निरौलाले सारुकले न्याय पाउनुपर्ने र यसबारे सत्य तथ्य बाहिर ल्याइदिन प्रहरीलाई अनुरोध गरे ।

सारुकले गत असार २१ गते आफ्नै रातोपुलस्थित आफ्नै निवासमा आत्महत्या गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित
२०८३ कार्तिक १२, बिहिबार
झापामा शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचान तालिम
२०८३ कार्तिक १२, बिहिबार
प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन हेटौंडामा सुरु
२०८३ कार्तिक १२, बिहिबार
एनपिएलः जनकपुरविरुद्ध काठमाण्डु टस जितेर ब्याटिङमा
२०८३ कार्तिक १२, बिहिबार
इरानसँग वार्ता अघि बढाउन भान्सको पहल
२०८३ कार्तिक १२, बिहिबार
सुनचाँदी बजारमा उतारचढाव : सुन महँगिँदा चाँदी सस्तियो
२०८३ कार्तिक १२, बिहिबार
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार