श्रावण १९, २०८३ मंगलबार August 4, 2026

सारुकको अन्तिम म्युजिक भिडियो ‘माया’ सार्वजनिक (भिडियो)

सारुकले गत असार २१ गते आफ्नै रातोपुलस्थित आफ्नै निवासमा आत्महत्या गरेका थिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः दिवंगत अभिनेता सारुक ताम्राकारलाई श्रद्धाञ्जली अर्पण गर्दै उनको अन्तिम म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत् सारुकको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’को केही दृश्यलाई सम्पादन गरेर तयार परिएको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा सारुककी आमा रुकमणी ताम्राकार, नेपाल चलचित्र कलाकार संघको अध्यक्ष मोहन निरौला, अभिनेत्री सृष्टी श्रेष्ठ, अभिनेत्री मेलिना जोशी, अभिनेता मनिष श्रेष्ठ, निर्माता सरोज न्यौपाने र रोहित अधिकारी, निर्देशक सुदर्शन थापा, आदी लगायतका उपस्थित रहेको थियो ।

रे भेञ्चर्सका अध्यक्ष तथा चलचित्र निर्देशक राजिव गुरुङले चलचित्र पूरा गर्न नसकेपनि सारुकको कामलाई समेटेर म्युजिक भिडियो सार्वजनिक गरिएको जानकारी दिए । ‘हामीले चलचित्र पूरा गर्न सकेनौँ । तर, सारुकको कामलाई समेटेर उसलाई मन परेको गीतमा ती दृश्यलाई राखेर म्युजिक भिडियो तयार गरेका छौँ । हाम्रो तर्फबाट सारुकलाई यो श्रद्धाञ्जली हो ’,  गुरुङले भने ।

भिडियोमा सारुकसँगै निकिता आचार्य, महेश मगर, सागर परियारलाई पनि समेटिएको छ ।

सारुककी आमा रुकमणिले आफ्नो छोराले कामलाई म्युजिक भिडियोको माध्यमले सार्वजनिक गरिदिएकोमा धन्यवाद व्यक्त गरिन् । यस्तै, कलाकार संघका अध्यक्ष मोहन निरौलाले सारुकले न्याय पाउनुपर्ने र यसबारे सत्य तथ्य बाहिर ल्याइदिन प्रहरीलाई अनुरोध गरे ।

सारुकले गत असार २१ गते आफ्नै रातोपुलस्थित आफ्नै निवासमा आत्महत्या गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया