कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

चार चलचित्र एकसाथ प्रदर्शनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः शुक्रबारदेखि चार चलचित्र प्रदर्शनमा आएका छन्। दुई वटा नेपाली, एउटा हिन्दी र एउटा हलिउडको चलचित्र प्रदर्शनमा आएका हुन्। ‘जय हो’ ‘महानगर’, ‘ड्रिमगर्ल–२’ र ‘ग्रान टुरिस्मो’ प्रदर्शनमा आएका चलचित्र हुन्।

चलचित्र ‘जय हो’ लाई टेक पौरखी राईले निर्देशन गर्नुभएको छ। सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको चलचित्रमा केकी अधिकारी, सलोन बस्नेत, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ, प्रेम पाण्डे र कुमार थिङको पनि अभिनय रहेको छ। शोभित बस्नेत प्रस्तुतकर्ता रहनुभएको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भिएफएक्स छ।

त्यस्तै मोहन राई निर्देशित महानगरमा कार्म र मेनुका प्रधान शीर्ष भूमिकामा देखिनुभएको छ। सानो घटनाका कारण सँगै रात गुजार्न बाध्य दुई चरित्रको जीवनमा सो रातले ल्याएको परिवर्तनलाई चलचित्रमा उतारिएको छ। चलचित्रमा अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे, राज पौडेललगायतका कलाकारको पनि अभिनय छ।

आयुष्मान खुराना, परेस रावल र अनन्या पाण्डेको शीर्ष भूमिका रहेको चलचित्र ‘ड्रिमगर्ल–२’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ । चलचित्रलाई राज सान्धिल्याले निर्देशन गर्नुभएको छ। डेभिड हार्वर, ओर्लान्डो ब्लुमको अभिनय रहेको हलिउड चलचित्र ‘ग्रान टुरिस्मो’ पनि प्रदर्शनमा आएको छ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित
२०८३ कार्तिक १२, बिहिबार
झापामा शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचान तालिम
२०८३ कार्तिक १२, बिहिबार
प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन हेटौंडामा सुरु
२०८३ कार्तिक १२, बिहिबार
एनपिएलः जनकपुरविरुद्ध काठमाण्डु टस जितेर ब्याटिङमा
२०८३ कार्तिक १२, बिहिबार
इरानसँग वार्ता अघि बढाउन भान्सको पहल
२०८३ कार्तिक १२, बिहिबार
सुनचाँदी बजारमा उतारचढाव : सुन महँगिँदा चाँदी सस्तियो
२०८३ कार्तिक १२, बिहिबार
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार