कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

साताव्यापी ‘फिल्म फेस्टिभल’को तयारी

मङ्सिर ९ गतेदेखि १५ गतेसम्म हुने महोत्सवमा कम्तीमा २५ देखि ३० वटा सिनेमा निर्माण र प्रदर्शनी गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः उत्तरी मकवानपुरको पर्यटकीय नगरी थाहा नगरमा पर्यटनका लागि ‘फिल्म फेस्टिभल’ भन्ने नाराका साथ थाहा फिल्म फेस्टिभल–२०२३ आयोजना गरिने भएको छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण थाहा नगरलाई खुला फिल्म सिटीका रूपमा विकाससँगै पर्यटन प्रवर्धनमा टेवा पु-याउने उद्देश्यसहित आगामी मङ्सिरमा साताव्यापी फिल्म महोत्सव आयोजना गर्न लागिएको शनिबार हेटौँडामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक प्रमोदकृष्ण जोशीले चलचित्र, लघु चलचित्रलगायतका छायाङ्कन थाहा नगर भौगोलिक र प्राकृतिक रूपमा उपयुक्त स्थल भएकाले फिल्म निर्माता र निर्देशकलाई आकर्षित गर्न फिल्म महोत्सव आयोजना गर्न लागेको स्पष्ट पार्नुभयो ।

मङ्सिर ९ गतेदेखि १५ गतेसम्म हुने महोत्सवमा कम्तीमा २५ देखि ३० वटा सिनेमा निर्माण र प्रदर्शनी गरिने आयोजकले बताएका छन् । महोत्सवका लागि बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाको सहयोग रहेको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित
२०८३ कार्तिक १२, बिहिबार
झापामा शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचान तालिम
२०८३ कार्तिक १२, बिहिबार
प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन हेटौंडामा सुरु
२०८३ कार्तिक १२, बिहिबार
एनपिएलः जनकपुरविरुद्ध काठमाण्डु टस जितेर ब्याटिङमा
२०८३ कार्तिक १२, बिहिबार
इरानसँग वार्ता अघि बढाउन भान्सको पहल
२०८३ कार्तिक १२, बिहिबार
सुनचाँदी बजारमा उतारचढाव : सुन महँगिँदा चाँदी सस्तियो
२०८३ कार्तिक १२, बिहिबार
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार