श्रावण १९, २०८३ मंगलबार August 4, 2026

विश्वकै सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीमा मार्गोट

महिला निर्देशकको चलचित्रले एक अर्ब डलरभन्दा बढी कमाइ गरेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्वकै सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री मार्गोट रोबी बन्नुभएको छ । हलिउड चलचित्र ‘बार्बी’की अभिनेत्री रोबी विश्वकै सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री बन्नुभएको हो । उहाँले चलचित्र बार्बीमा काम गरेबापत ५० मिलियन अमेरिकी डलरभन्दा बढी पारिश्रमिक लिएको जनाइएको छ ।

पारिश्रमिक लिने मामिलामा उहाँले स्कारलेट जोन्सन, एन्जेलिना जोली र ग्याल ग्याडोट जस्ता हलिउडका चर्चित अभिनेत्रीलाई पनि पछि छाडनुभएको छ । ‘बार्बी’ अझै सिनेमा घरहरूमा चलिरहेको छ । यो चलचित्रलाई ग्रेटा गेर्भिङले निर्देशन गर्नुभएको हो । महिला निर्देशकको चलचित्रले एक अर्ब डलरभन्दा बढी कमाइ गरेको पनि पहिलोपटक भएको बताइएको छ । अभिनेत्री रोबी पनि यस चलचित्रकी सहनिर्माता हुनुहुन्छ ।

यसअघि हलिउड अभिनेत्री सान्ड्रा बुलकले २०१३ मा चलचित्र ‘ग्रेभिटी’मा काम गरेबापत सात करोड डलर पारिश्रमिक प्राप्त गर्नुभएको थियो त्यसपछि जेनिफर एनिस्टन, जेनिफर लरेन्स, गल ग्याडोट, स्कारलेट जोन्सन र एञ्जेलिना जोली जस्ता अभिनेत्री सूचीमा रहनुभएको छ । एजेन्सी 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया