कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

विश्वकै सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीमा मार्गोट

महिला निर्देशकको चलचित्रले एक अर्ब डलरभन्दा बढी कमाइ गरेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः विश्वकै सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री मार्गोट रोबी बन्नुभएको छ । हलिउड चलचित्र ‘बार्बी’की अभिनेत्री रोबी विश्वकै सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री बन्नुभएको हो । उहाँले चलचित्र बार्बीमा काम गरेबापत ५० मिलियन अमेरिकी डलरभन्दा बढी पारिश्रमिक लिएको जनाइएको छ ।

पारिश्रमिक लिने मामिलामा उहाँले स्कारलेट जोन्सन, एन्जेलिना जोली र ग्याल ग्याडोट जस्ता हलिउडका चर्चित अभिनेत्रीलाई पनि पछि छाडनुभएको छ । ‘बार्बी’ अझै सिनेमा घरहरूमा चलिरहेको छ । यो चलचित्रलाई ग्रेटा गेर्भिङले निर्देशन गर्नुभएको हो । महिला निर्देशकको चलचित्रले एक अर्ब डलरभन्दा बढी कमाइ गरेको पनि पहिलोपटक भएको बताइएको छ । अभिनेत्री रोबी पनि यस चलचित्रकी सहनिर्माता हुनुहुन्छ ।

यसअघि हलिउड अभिनेत्री सान्ड्रा बुलकले २०१३ मा चलचित्र ‘ग्रेभिटी’मा काम गरेबापत सात करोड डलर पारिश्रमिक प्राप्त गर्नुभएको थियो त्यसपछि जेनिफर एनिस्टन, जेनिफर लरेन्स, गल ग्याडोट, स्कारलेट जोन्सन र एञ्जेलिना जोली जस्ता अभिनेत्री सूचीमा रहनुभएको छ । एजेन्सी 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित
२०८३ कार्तिक १२, बिहिबार
झापामा शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचान तालिम
२०८३ कार्तिक १२, बिहिबार
प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन हेटौंडामा सुरु
२०८३ कार्तिक १२, बिहिबार
एनपिएलः जनकपुरविरुद्ध काठमाण्डु टस जितेर ब्याटिङमा
२०८३ कार्तिक १२, बिहिबार
इरानसँग वार्ता अघि बढाउन भान्सको पहल
२०८३ कार्तिक १२, बिहिबार
सुनचाँदी बजारमा उतारचढाव : सुन महँगिँदा चाँदी सस्तियो
२०८३ कार्तिक १२, बिहिबार
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार