असोज १७, २०८३ शनिबार October 3, 2026

केएमसी अस्पताल सिनामंगलको आकस्मिकसहित सबै सेवा बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । काठमाडौं मेडिकल कलेजको सिनामंगलस्थित शिक्षण अस्पतालमा अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक लगायत सबै सेवा बन्द गरिएको छ। अस्पतालले जारी गरेको सूचनामा बिरामीमा २ जना स्वासथ्यकर्मी र २ जना बिरामीमा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ।

बुधबार विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको जनाएको छ ।
अस्पतालको आइसोलेसनमा मंगलबार एक चिकित्सकसहित ३ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । मंगलबार मात्र स्वास्थ्य मन्त्रालयले काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना देखिएको बताएको थियो ।

अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामी र कर्मचारीलाई संक्रमण जोखिम हुने भन्दै त्यसका लागि अस्पतालको आकस्मिक सहितका सबै उपचार सेवा बन्द गर्न बाध्य भएको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस युवा नेता अजयबाबु शिवाकोटीले सहमहामन्त्रीमा उम्मेदवारी दिने
२०८३ असोज १७, शनिबार
विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी र सेवामुखी बनाउन मन्त्री श्रेष्ठको निर्देशन
२०८३ असोज १७, शनिबार
नरैनापुर गाउँपालिकाका सबै विद्यालय डिजिटल प्रणालीमा आबद्ध
२०८३ असोज १७, शनिबार
शिवपुरी-५ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, सभापतिमा रविन्द्र पौडेल विजयी
२०८३ असोज १७, शनिबार
विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचन उम्मेदवार छनोट समिति
२०८३ असोज १७, शनिबार
मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा
२०८३ असोज १७, शनिबार
ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै
२०८३ असोज १७, शनिबार