कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

‘टाइगर ३’ को फस्ट लुक पोस्टर सार्वजनिक, सलमान- कट्रिना ड्यासिङ अवतारमा

‘टाइगर’ को पहिलो दुई किस्ताभन्दा ‘टाइगर ३’ ठूलो र भव्य फ्रेन्चाइज हुने पक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सलमान खान र कट्रिना कैफको बहुप्रतिक्षित फिल्म ‘टाइगर ३’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् ।

फ्यानहरूलाई ठूलो ट्रीट दिँदै निर्माण पक्षले शनिबार फिल्म ‘टाइगर ३’ को पहिलो पोस्टर सार्वजनिक गरेको छ । योसँगै फिल्मको रिलिज मिति पनि पक्का भएको छ ।

सलमान खानले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा टाइगर–३ को फर्स्ट लुक पोस्टर रिलिज गरेका छन् र फिल्मको रिलिज मिति पनि घोषणा गरेका छन्। सलमान खानले ट्वीट गरेका छन्, ‘आ रहा हु, टाइगर ३’ २०२३ को दिवालीमा। वाईआरएफ ५० सँग टाइगर– ३, नजिकैको ठूलो पर्दामा मात्र मनाउनुहोस्। हिन्दी, तमिल र तेलुगुमा रिलिज हुँदैछ।’

पोस्टरमा सलमान र कट्रिना दुवैलाई बन्दुक बोकेको ड्यासिङ अवतारमा देख्न सकिन्छ । यो पोस्टर हेर्दा ‘टाइगर’ को पहिलो दुई किस्ताभन्दा ‘टाइगर ३’ ठूलो र भव्य फ्रेन्चाइज हुने पक्का छ ।

फ्रेन्चाइजीको पहिलो फिल्म ‘एक था टाइगर’ ले २०१२ मा बक्स अफिसमा हलचल मचाएको थियो । टाइगर फिल्ममा सलमानले रअ एजेन्ट र कट्रिनाले आईएसआई एजेन्ट जोयाको भूमिका निर्वाह गरेकी थिइन् । सलमान र कट्रिनाको केमेस्ट्रीले सिल्वर स्क्रिनमा आगो लगाएको थियो। यसपछि सलमान र कट्रिनाले सन् २०१७ मा ‘टाइगर जिन्दा है’ नामको फिल्मको सिक्वेलबाट कमब्याक गरेका थिए । यो फिल्मले बक्स अफिसका सबै रेकर्ड तोडेको थियो ।

स्मरण रहोस, टाइगर–३ लोकप्रिय वाईआरएफ स्पाई युनिभर्स को पाँचौं फिल्म हो  । र, छ वर्षपछि सलमान र कट्रिना टाइगर र जोयाको रूपमा कमब्याक गर्दैछन्। अब आगामी फिल्मले विगतका फिल्मको कीर्तिमान तोड्छ कि गर्दैन त्यो हेर्नु चासोको विषय हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित
२०८३ कार्तिक १२, बिहिबार
झापामा शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचान तालिम
२०८३ कार्तिक १२, बिहिबार
प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन हेटौंडामा सुरु
२०८३ कार्तिक १२, बिहिबार
एनपिएलः जनकपुरविरुद्ध काठमाण्डु टस जितेर ब्याटिङमा
२०८३ कार्तिक १२, बिहिबार
इरानसँग वार्ता अघि बढाउन भान्सको पहल
२०८३ कार्तिक १२, बिहिबार
सुनचाँदी बजारमा उतारचढाव : सुन महँगिँदा चाँदी सस्तियो
२०८३ कार्तिक १२, बिहिबार
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार