कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

अभिनेत्री निरुता सिंहले गरिन बिबाह

अभिनेत्री निरुता सिंह बैबाहिक जीवनमा बाँधिईन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः अभिनेत्री निरुता सिंह बैबाहिक जीवनमा बाँधिएकी छिन् । हाल मुम्बईमा रहदै आएकी नेपाली चलचित्रकी चर्चित नायिका सिंहले मुम्बईका संजीभ गुलाटीसँग बिबाह गरेकी हुन ।

उनले सो जानकारी आफैले सामाजिक सञ्जालवाट दिएकी हुन । दक्षिणा, आफान्तजस्ता दर्जनौ हिट फिल्म दिएकी अभिनेत्री सिंहले फेसबुकमार्फत सो जानकारी गराएकी हुन ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्ः 

मलाई माया गर्नु हुने मेरो सम्पूर्ण  घर परिवार, आफ़न्त तथा छर छिमेकहरु, मेरा चलचित्रकर्मी साथीभाई अनि अग्रज व्यक्तित्वहरु, बिभिन्न माध्यमका संचारकर्मीहरुलगायत मलाई माया गरेर मेरो चरलचित्र हेरेर मेरो चलचित्रलाई सफल बनाई मलाई ‘निरुता सिंह’बनाईदिनु हुने मेरा सम्पूर्ण माननीय, पूजनीय अनि ढोगनीय दर्शक महानुभावहरुको यतीका वर्ष देखीको  एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तरवार्ता पूर्ण हुदैन थियो । त्यो हो ‘निरुताजी बिहें कहिले गर्ने ?’ भन्ने प्रश्न  ‘आज तेसै प्रश्नको जवाब दिन गई रहेको छु ‘। 

तपाईहरुको निरुता सिंहले गत बिहिबारका दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसँग लगनगाठो जोड़ेको छ । हजुरहरु सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु  । चाडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु । धेरै धेरै  माया । 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानसँग वार्ता अघि बढाउन भान्सको पहल
२०८३ कार्तिक १२, बिहिबार
सुनचाँदी बजारमा उतारचढाव : सुन महँगिँदा चाँदी सस्तियो
२०८३ कार्तिक १२, बिहिबार
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार