असार २३, २०८२ सोमबार July 7, 2025

विश्वभर ३३ लाख १२ हजार भन्दा धेरै व्यक्ति निको भएर घर फर्किए, ६८ लाख भन्दा बढीमा संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कोरोना भाइरसको संक्रमणबाट विश्वभर ३३ लाख १२ हजार भन्दा धेरै व्यक्तिहरू निको भएका छन् ।

शनिवार विहानसम्म  वर्ल्डओमिटरको अपडेट अनुसार ६८ लाख २९ हजारभन्दा धेरैमा कोरोनाको सङ्क्रमण देखिएकोमा ३३ लाख १२ हजार ९१४ जना मानिस उपचारपछि निको भएर घर फर्किएका छन् ।

एकैदिन अरू ५ हजार ११७ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ९८ हजार पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा १९ लाख ५३ हजार जनामा सङ्क्रमण देखिएकोमा १ लाख ११ हजार ४ सय जनाको ज्यान गएको छ, ७ लाख भन्दा धेरै निको भएका छन् । पछिल्लो २४ घन्टामा अमेरिकामा २९ हजार भन्दा धेरैमा सङ्क्रमण देखिएको छ भने १२ सय जनाको ज्यान गएको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शनिबार बिहानसम्म १ लाख ७७ हजार ९५९ जनाको मृत्यु भएको छ । २० लाख ६२ हजार १६१ जना संक्रमित भएकोमा १० लाख ५५ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३३ हजार २६३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २२ लाख ११ हजार ५३२ पुगेको छ । त्यसमध्ये ८ लाख ७६ हजार २३८ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा ३३ हजार ६७५ जनाको मृत्यु भएको छ । १२ लाख ९२ हजार १२३ जना संक्रमित भएकोमा ७ लाख ८४ हजार १८७ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ४७ हजार ४३७ जनाको मृत्यु भएको छ । १० लाख ७१ हजार ६८२ जना संक्रमित भएकोमा ५ लाख ७ हजार ४४० जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ४ हजार ९४२ जनाको ज्यान गएको छ भने १ लाख ७९ हजार ३०९ जना संक्रमित छन् । संक्रमितमध्ये ८० हजार ३२२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८६१ जना संक्रमित भएकोमा ८ हजार २६८ जना संक्रमणमुक्त भएका छन् । अमेरिकापछि पछिल्लो समय ब्राजिलमा सङ्क्रमण तिव्र गतीमा बढिरहेको छ । ६ लाख ४५ हजार भन्दा धेरैमा सङ्क्रमण भएकोमा ३५ हजार भन्दा धेरैको ज्यान गएको छ ।

छिमेकी देश भारतमा पछिल्लो २४ घन्टामा ९ हजार ४ सय जनामा सङ्क्रमण देखिएको छ भने २ सय ८६ जनाको ज्यान गएको छ । भारतमा कुल २ लाख ३६ हजार भन्दा धेरैमा सङ्क्रमण देखिएकोमा ६ हजार ६ सय भन्दा धेरेको ज्यान गएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार