असोज १४, २०८० आइतबार October 1, 2023

मुलुकको अर्थतन्त्रलाई धान्न सहकारीको महत्वपूर्ण भूमिका : सभामुख घर्तीमगर

सरकारको तीन खम्बे नीतिअनुसार सहकारीले अर्थतन्त्रलाई चलायमान बनाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले सहकारीले मुलुकको अर्थतन्त्रलाई धान्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । सरकारको तीन खम्बे नीतिअनुसार सहकारीले अर्थतन्त्रलाई चलायमान बनाएको उनले बताए ।

‘धेरै कृषि बहुउद्देश्यीय सहकारीले कृषिजन्य उत्पादनमा उदाहरणीय काम गरेका छन्,’ बुटवलमा रहेको फेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा शनिबार उद्घाटन गर्दै सभामुख घर्तीले भने, ‘अब बचत तथा ऋण सहकारीले सदस्यको आर्थिक उपार्जनमा टेवा पुग्नेगरी लगानी गर्नुस् । यसले आर्थिक क्रान्तिमा परिवर्तन ल्याउँछ ।’

उनले बृहत्तर हित सोचेर सहकारी सञ्चालकले इमान्दारीपूर्वक विश्वास जित्ने गरी काम गर्नुपर्ने उनले बताए ।

संस्थाका अध्यक्ष प्रेमबहादुर गुरुङले पञ्चवर्षीय रणनीतिक योजनाअनुसार नै सहकारीले लगानी गरेको बताए । ३ हजार ४ सय १६ शेयर सदस्य रहेको उक्त सहकारीमा ३१ करोड ८० लाख पुँजी छ ।

२० करोड ३५ लाख निक्षेप संकलन गरी २७ करोड १२ लाख कर्जा लगानी गर्दा सहकारीले ५ करोड ३ लाख बढी कुल आम्दानी गर्न सफल भएको उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया