असार २१, २०८२ शनिबार July 5, 2025

सबै हिसाबले नेपालको भूमि उर्वर छ : अध्यक्ष तिमिल्सिना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको भूमि सबैका लागि उर्वर रहेको बताएका छन् । उनले नेपाल उर्वर भूमि भएकै कारण सबै जातजाति र धर्महरूको फुल्न पाउने अधिकार रहेको बताएका छन् ।

पश्चिम नवलपरासीको परासीमा आयोजित राष्ट्रिय एकता सम्मेलन कार्यक्रमा उनले नेपालमा कुनै पनि जातजाति तथा धर्मलाई दबाएर नराखिएको बताए । “आफ्नो मौलिक धर्म, संस्कृतिलाई बचाउन सबै लाग्नुपर्छ, नेपाल एक यस्तो फूलबारी हो जहाँ सबै प्रकारको फूल फुल्छन्, कुनै पनि धर्ममा हुने कुरीति तथा भेदभाव हामीलाई माथिबाटै हाम्रा भगवान्ले सिकाएर पठाएको होइन, धर्मका नाममा हुने कुरीति तथा भेदभावलाई सबै मिलेर अन्त्य गर्नुपर्छ”, उनले भने ।

नेपालमा पनि कतै–कतै धर्मका नाममा द्वन्द्व हुने अवस्था देखियो तर त्यसो हुन नदिन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न जरुरी रहेको उनको भनाइ थियो । “नेपाल एक सुन्दर र एकताको बगैँचा हो, यसलाई कायम राखिरहन सबै लाग्न आवश्यक रहेको छ”, अध्यक्ष तिमिल्सिनाले भने, “सबै धर्मको आस्थाको आधारमा अगाडि बढ्नुपर्छ न कि एकले अर्कालाई हेला गर्ने, दबाउने वा अशिक्षा, गरिबीको नाममा कसैको आस्थालाई परिवर्तन गराउने काम गर्नु भएन, सबैको सम्मान, इज्जत र कदर गर्नुपर्छ ।”

धार्मिक एकता तथा राष्ट्रिय एकता कायम राख्नका लागि सबै धर्मका गुरुहरूलाई कार्यक्रममा बोलाइएको थियो । यस्तै एकता तथा शान्तिको सन्देश दिनका लागि परेवा उडाइएको थियो । अध्यक्ष तिमिलसिनाले सुस्ताको झोलुङ्गे पुलको समेत आवलोकन गरेका थिए । उनले नेपाल–भारतबीचको भूमि विवाद हुने ठाउँ सुस्तामा पुग्नका लागि नारायणी नदीमा बन्दै गरेको झोलुङ्गे पुलको अवलोकन गरेका हुन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार