असोज २४, २०८३ शनिबार October 10, 2026

नेकपाको तल्लो तहको विवाद प्रदेशले मिलाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीभित्रको तल्लो तहको व्यवस्थापनको जिम्मा प्रदेश कमिटिलाई दिएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्षपुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष परिपत्र जारी गर्दै प्रदेश कमिटीले पूर्णता नपाउँदासम्मकालागि प्रदेश कमिटिका अध्यक्ष तथा इन्र्चाज र सह इन्चार्जलाई नियमित बैठक राखेर जिल्लातहको एकीकरण गर्ने जिम्मा दिइएको नेकपाले जनाएको छ ।

प्रदेश इञ्चार्ज, सहइञ्चार्ज,अध्यक्ष र सचिवले पार्टीको विधान, नियमावली र निर्देशनको मार्गदर्शन एवं विगतकोसिफारिशका आधारमा आफ्नो मातहतका जिल्ला कमिटी एकीकरण सम्पन्न गर्नुपर्ने जिम्मा दिइएको छ । यस्तै गाउँ तथा नगर स्तरका विवाद मिलाउँदै एकिकरण गर्ने जिम्मेवारी पनिदिइएको छ ।

नेताद्वयले हस्ताक्षर गरेको सर्कुलरमा सम्बन्धित तहका पूर्ण कमिटी र तिनकापदाधिकारी तथा सदस्यसँगको परामर्श र सुझाव समेतका आधारमा जिल्ला मातहतका सबैतहमा एकीकरण गर्ने, आफ्नो तह र मातहतका पार्टी कार्यलयहरूलाई एकीकृत गर्ने र नियमति एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने, आफ्नो तह र मातहतको पार्टी सम्पत्तिएकीकृत गर्ने, आम्दानी र खर्चको संस्थागत प्रणाली स्थापित गर्ने र लेखाप्रणालीलाई व्यवस्थित

गर्ने उल्लेख गरिएको छ । यस्तै पार्टी सदस्यता एकीकृत गर्ने, अभिलेख अद्यावधिक गर्ने रकेन्द्रीय सचिवालयमा बुझाउन, प्रदेश, जिल्ला र सो मातहतका विभिन्न तहमा कार्यकर्ता भेलातथा प्रशिक्षण कार्यक्रम आयोजना जिम्मेवारी दिइएको छ । यस्तै  सरकार र स्थानीय तहको कामलाई प्रभावकारी बनाउन आवश्यक सहयोग गर्र्न, ती निकायसँग समन्वय गर्दैविकास–निर्माण र जनसरोकारका रचनात्मक कार्यमा समग्र पार्टी शक्तिलाई परिचालन गर्न र कार्यसम्पादन गर्दा नीतिगत वा व्यावहारिकरुपमा कुनै कठिनाइ उत्पन्न भएकमा केन्द्रीयसचिवालयमा सम्पर्क गर्न पनि परिपत्रमा भनिएको छ ।

यसैगरी परिपत्रमा पार्टी केन्द्रबाट चाँडैप्रवेश कमिटीका सदस्यहरू र जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूका सम्बन्धमा पूर्वनिर्धारित मापदण्डका साथै थप मापदण्डसमेत पठाइने उल्लेख गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्व ‘अण्डा’ दिवस, अण्डाको उत्पादन र खपत बढाउन आवश्यक
२०८३ असोज २४, शनिबार
पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, होटल भत्किए, विद्युत् सेवा अवरुद्ध
२०८३ असोज २४, शनिबार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
२०८३ असोज २४, शनिबार
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार
संघीय निजामति विधेयक २०८३ : ३०-५५ को अवकाश प्रावधानले कर्मचारी वृत्तमा त्रास
२०८३ असोज २४, शनिबार
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता
२०८३ असोज २४, शनिबार
सुर्खेतका तीन स्थानका जंगलबाट १८ नाल भरुवा बन्दुक बरामद
२०८३ असोज २४, शनिबार