श्रावण १९, २०८३ मंगलबार August 4, 2026

अभिनेता अनमोल केसी रिहा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अभिनेता अनमोल केसीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले अभिनेता केसीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रवार पक्राउ गरेको थियो । पक्राउ गरेको दिनबाट आईतवारसम्म मात्र थुनामा राख्न अदालतले अनुमति दिएको हो ।

अनमोललाई पुन: सोमवार अदालतमा उपस्थित गराउनुपर्छ । रावायण फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया