कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

फिल्म ‘वानर सेना’को दोस्रो गीत सार्वजनिक (भिडियो हेर्नुहोस्)

‘तिम्रो जुनेली रूप’ बोलको रोमान्टिक थिमको गीतमा अर्पण र आरजुको रोमान्स

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँः अर्पण गिरी (अरमान जंग)को डेब्यू निर्देशनमा तयार भएको फिल्म ‘वानर सेना’को दोस्रो गीत सार्वजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक ‘तिम्रो जुनेली रूप’ बोलको रोमान्टिक थिमको गीतमा मुख्य कलाकार अर्पण गिरी र आरजु प्रसाई फिचर्ड छन् ।

गीतमा निर्देशक गिरीको शब्द रचना र स्वर छ भने जोन तामाङ र निर्देशक गिरी स्वयंको सङ्गीत छ ।आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्ममा किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला विष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, बाल कलाकार मास्टर अमित पौडेलसहित विशेष भूमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय गरेका छन् ।

गिरी ग्राण्ड फिल्म्सको प्रस्तुति रहेको फिल्ममा निर्देशक गिरी स्वयंको लेखन छ भने विनोद सापकोटाको छायाङ्कन, शङ्कर महर्जन र आरके श्रीको द्वन्द्व निर्देशन, नारायण रिजालको नृत्य निर्देशन, बन्दे प्रसादको सम्पादन छ । युवराज गिरीको एकल निर्माण रहेको फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दै छन् । ‘वानर सेना’को कथा पौराणिक रहेको निर्देशक गिरीले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार