कार्तिक २८, २०८३ शनिबार November 14, 2026

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने श्रेष्ठलाई थुनामा पठाउन आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने सयुज श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले श्रेष्ठलाई मुद्दाको टुंगो नलागुञ्जेल थुनामा पठाउन आदेश दिएको हो ।

यसअघि नै साधारण तारेखमा छुटेका उनलाई उच्च अदालतले ५ लाख धरौटी बुझाउन र अन्तरिम क्षतिपूर्ति दिन आदेश दिएको थियो ।

एक वर्ष अघि २० असोज २०७७ मा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा परिसरमा समाजशास्त्रका उपप्राध्यापकमाथि नेविसंघको समूहले आक्रमण गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया