श्रावण १७, २०८३ आइतबार August 2, 2026

चोरीमा संलग्न २० अभियुक्त सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 

२६ जेठ, भीमदत्तनगर । लकडाउनका बेला कञ्चनपुरको भीमदत्तनगर बजार क्षेत्रमा चोरीको घटनामा संलग्न २० अभियुक्तलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार पत्रकार सम्मेलन गरी बजारका पसलदेखि घरमा सामान चोरीमा संलग्न २० जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ । प्रहरीका अनुसार बजार र आसपासका क्षेत्र चोरी गरिएका ४२ थान साइकलसहित अन्य सामान अभियुक्तबाट बरामद गरिएको छ ।

“लकडाउनका बेला चोरीमा संलग्न हुनेमध्ये अधिकांश युवा छन्”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले भने, “यसअघि चोरी मुद्दामा कैद भोगेकासमेत पुनः पक्राउ परेका छन् ।” उनले चोरीलगायत आपराधिक घटनामा संलग्न अन्यको पनि पहिचान भइसकेको र खोजीकार्य जारी रहेको बताए ।

“साइकल लगायत सामान हराएका व्यक्तिलाई कागजातसहित प्रहरीको सम्र्पकमा आउन सूचितसमेत गरेका छौँ”, उनले भने, “अभियुक्तको अदालतबाट म्याद थप भएर अनुसन्धान अघि बढेको छ ।”

चोरीमा संलग्न अधिकांश भीमदत्तनगरदेखि कैलालीका रहेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साहित्यकार शाहीको ‘आमा र आँसु’ कथासङ्ग्रह लोकार्पण
२०८३ श्रावण १७, आइतबार
दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी
२०८३ श्रावण १७, आइतबार
राष्ट्र बैंकले आज कति तोक्यो विदेशी मुद्राको विनिमयदर ? हेर्नुहोस्
२०८३ श्रावण १७, आइतबार
रास्वपा बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र रायमाझी
२०८३ श्रावण १७, आइतबार
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान
२०८३ श्रावण १७, आइतबार
‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
२०८३ श्रावण १७, आइतबार
तपाईको यो साता कस्तो रहला ? हेर्नुहोस् राशिफल
२०८३ श्रावण १७, आइतबार