कार्तिक २८, २०८३ शनिबार November 14, 2026

परराष्ट्रमन्त्री साउद र इजरायली राजदूत गोडरबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग इजरायलमा भएको आक्रमण र नेपालीहरुको उद्धारबारे छलफल गरेका छन् ।

आइतबार राजदूत गोडरलाई मन्त्रालयमा बोलाएर मन्त्री साउदले इजरायलमा हमासले गरेको आक्रमणका विषयमा छलफल गरेका हुन् ।

सो क्रममा मन्त्री साउदले इजरायलको हालको अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा, आक्रमणमा परेका नेपालीको उपचार र उद्धारबारे चासो राखेका थिए ।

जवाफमा राजदूत गोडरले इजरायली सरकारका तर्फबाट त्यहाँ रहेका नेपालीहरुको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिवद्धता जनाए । उनले इजरायलको कठिन समयमा नेपालले व्यक्त गरेको सहानुभूतिप्रति सरकारलाई धन्यवाद समेत दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया