श्रावण १९, २०८३ मंगलबार August 4, 2026

प्रमोद खरेलको प्रियसीमा प्रकाश सपुत र समीक्षाको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गायक प्रमोद खरेलको स्वर रहेको प्रियसी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा गीतकार कुमार शिवाकोटीका शब्द तथा पुष्प गजमेरको संगीत रहेको छ । सुमित विश्वकर्माको एरेन्ज रहेको गीतको मिक्सिङ तथा मास्टरिङ भारतको चेन्नईमा गरिएको हो ।  भिडियोले आफूलाई भन्दा पनि बढी माया गरेकी प्रेमिकाले दिएको धोकापछिको अवस्थालाई देखाएको छ ।

आफूले माया गरेको मान्छेले धोका दिएपछि एउटा प्रेमीले सबै कुरा त्यागेर हिड्नु परेको अवस्थालाई निर्देशक निकेश खड्काले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।  जसमा गायक तथा मोडल प्रकाश सपुत र समीक्षा पोखरलको अभिनय देख्न सकिन्छ ।

भिडियोको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन विकाश धमलाले गरेका हुन् । अमेरिकामा रहेका गीतकार शिवाकोटीले यसअघि  ‘भिझाएर आँशु’, पिरतीको खेल र  ‘सानीलाई’ बजारमा ल्याइसकेका छन् भने उनका सिउँडीको काँडैमा र हामी नेपाली बोलका गीतहरु रिलिजको क्रममा रहेका छन् । गीत लेखनमा आफ्नो सक्रियता बढाइरहेका गीतकार शिवाकोटीले अहिलेसम्म २ दर्जन बढी गीतहरु आफ्नै शब्दमा रेकर्ड गराइसकेका छन् । सार्वजनिक गीतको भिडियो जन्मभूमी इन्टरटेनमेन्ट मार्फत बजारमा आएको हो ।

भिडियाे हेर्नुहोस् :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार