मंसिर १६, २०८० शनिबार December 2, 2023

भारतको यो गाउँमा महिलाले लगाउँदैनन् कपडा

सो प्रथा शताब्दीयौंदेखि चलिआएको हो र त्यहाँका स्थानीयहरूले कडाईका साथ पालना गर्छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हामीले धेरै अनौठो गाउँ र तिनीहरूको परम्पराको बारेमा सुनेका छौं तर भारतमा एउटा यस्तो गाउँ छ जहाँ महिलाले लुगा लगाउँदैनन्।त्यो गाउँका महिलाहरूले वर्षमा ५ दिन लुगा लगाउँदैनन्।

भारतको हिमाञ्चल प्रदेशको मणिकर्ण उपत्यकाको पिनी नामक गाउँमा शताब्दीयौंदेखि नै यो परम्परा चलिआएको छ। जस परम्पराअन्तर्गत महिलाले वर्षमा ५ दिनसम्म लुगा लगाउँदैनन्।

त्यो पाँच दिन सो गाउँमा बाहिरका मानिस आउन पाउँदैनन्। सो प्रथा शताब्दीयौंदेखि चलिआएको हो र त्यहाँका स्थानीयहरूले कडाईका साथ पालना गर्छन्।

त्यो पाँच दिन महिलाहरू घरबाट बाहिर ननिस्केर घरमा नै बस्छन्। सो समयमा महिला मात्र होइन पुरुषले पनि केही नियम पालना गर्छन्। त्यो बेला उनीहरू रक्सी र मांसाहारी खाना खाँदैनन्। त्यतिमात्र नभएर त्यो पाँच दिन श्रीमान्–श्रीमती एकअर्कासँग कुरा पनि गर्दैनन्।

त्यहाँका स्थानीयहरूका अनुसार सो परम्परा पालना नगरे महिलालाई नराम्रो हुन्छ भन्ने विश्वास रहेको छ। त्यो बेलामा श्रीमान् श्रीमती एकअर्कालाई देखेर हाँस्न पनि सक्दैनन्।

यो परम्परा पुरुषले पनि पालना गर्नु अनिवार्य छ। त्यहाँका स्थानीयहरूका अनुसार यदि कुनै पुरुषले यो परम्परा पालना नगरेमा देवताहरू क्रोधित हुन्छन् र ती व्यक्तिलाई केही नराम्रो हुन्छ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो
२०८० मंसिर १६, शनिबार
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : डा. शेखर कोइराला
२०८० मंसिर १५, शुक्रबार
भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन
२०८० मंसिर १५, शुक्रबार
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
२०८० मंसिर १५, शुक्रबार
राष्ट्रपतिद्वारा चुरे संरक्षणको स्थायी समाधान खोज्न निर्देशन
२०८० मंसिर १५, शुक्रबार
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौं : उर्जामन्त्री, शक्ति बहादुर बस्नेत (अन्तवार्ता)
२०८० मंसिर १५, शुक्रबार
शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीलाई सबै सहयोग रहन्छ : मुख्यमन्त्री यादव
२०८० मंसिर १५, शुक्रबार