श्रावण १४, २०८३ बिहिबार July 30, 2026

भारतको यो गाउँमा महिलाले लगाउँदैनन् कपडा

सो प्रथा शताब्दीयौंदेखि चलिआएको हो र त्यहाँका स्थानीयहरूले कडाईका साथ पालना गर्छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हामीले धेरै अनौठो गाउँ र तिनीहरूको परम्पराको बारेमा सुनेका छौं तर भारतमा एउटा यस्तो गाउँ छ जहाँ महिलाले लुगा लगाउँदैनन्।त्यो गाउँका महिलाहरूले वर्षमा ५ दिन लुगा लगाउँदैनन्।

भारतको हिमाञ्चल प्रदेशको मणिकर्ण उपत्यकाको पिनी नामक गाउँमा शताब्दीयौंदेखि नै यो परम्परा चलिआएको छ। जस परम्पराअन्तर्गत महिलाले वर्षमा ५ दिनसम्म लुगा लगाउँदैनन्।

त्यो पाँच दिन सो गाउँमा बाहिरका मानिस आउन पाउँदैनन्। सो प्रथा शताब्दीयौंदेखि चलिआएको हो र त्यहाँका स्थानीयहरूले कडाईका साथ पालना गर्छन्।

त्यो पाँच दिन महिलाहरू घरबाट बाहिर ननिस्केर घरमा नै बस्छन्। सो समयमा महिला मात्र होइन पुरुषले पनि केही नियम पालना गर्छन्। त्यो बेला उनीहरू रक्सी र मांसाहारी खाना खाँदैनन्। त्यतिमात्र नभएर त्यो पाँच दिन श्रीमान्–श्रीमती एकअर्कासँग कुरा पनि गर्दैनन्।

त्यहाँका स्थानीयहरूका अनुसार सो परम्परा पालना नगरे महिलालाई नराम्रो हुन्छ भन्ने विश्वास रहेको छ। त्यो बेलामा श्रीमान् श्रीमती एकअर्कालाई देखेर हाँस्न पनि सक्दैनन्।

यो परम्परा पुरुषले पनि पालना गर्नु अनिवार्य छ। त्यहाँका स्थानीयहरूका अनुसार यदि कुनै पुरुषले यो परम्परा पालना नगरेमा देवताहरू क्रोधित हुन्छन् र ती व्यक्तिलाई केही नराम्रो हुन्छ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता
२०८३ श्रावण १४, बिहिबार
तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन
२०८३ श्रावण १४, बिहिबार
तालिबान अधिकारीमाथि आक्रमण गरेको आइएसको दाबी
२०८३ श्रावण १४, बिहिबार
नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो
२०८३ श्रावण १४, बिहिबार
विभिन्न जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह
२०८३ श्रावण १४, बिहिबार
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार