असार २३, २०८२ सोमबार July 7, 2025

भारतमा कोरोनाबाट एकैदिन ३३१ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२७ जेठ, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ९ हजार ९८७ जना संक्रमित पुष्टि भएको छ । यो भारतमा एकैदिनमा संक्रमित भएको अहिलेसम्म कै धेरै संख्या हो ।

भारतमा कुल कोरोना संक्रमितको संख्या अहिले २ लाख ६० हजार नाघेको छ ।

भारतमा अहिलेसम्म २ लाख ६६ हजार ५९८ जना संक्रमित भएका छन् । भारत धेरै संक्रमण हुने देशमा छैठौ स्थानमा उक्लिएको छ ।

त्यस्तै २४ घण्टामा भारतमा ३३१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल ७ हजार ४६६ पुगेको छ ।

भारतमा अहिलेसम्म एक लाख २९ हजार २१५ जना ठिक भएका छन् भने एक लाख २९ हजार ९१७ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ७१ लाख ९९ हजार ३०६ पुगेको छ भने मृतकको संख्या ४ लाख ८ हजार ७३४ पुगेको छ ।

त्यस्तै विश्वभर ३५ लाख ३६ हजार २७४ जना कोरोना संक्रमित ठिक भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार