श्रावण १४, २०८३ बिहिबार July 30, 2026

श्रीमानलाई काले भनेपछि सम्बन्धविच्छेद !

श्रीमान् र ससुराले दाइजो मागेको र छोरीसहित घरबाट बाहिर निस्कन नदिएको महिलाको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः श्रीमतीले श्रीमानलाई उनको कालो वर्णका कारण अपमान गर्छिन् भने त्यो सम्बन्धविच्छेदको बलियो आधार हुने अदालतले बताएको छ ।

कर्णाटक उच्च अदालतले कुनै पुरुषकी श्रीमतीले कालो वर्णका कारण उनको अपमान गरेको खण्डमा त्यो सम्बन्धविच्छेदको लागि अपिलका लागि बलियो आधार भएको बताएको छ ।

उच्च अदालतले ४४ वर्षीय एक व्यक्ति र उनकी ४१ वर्षकी श्रीमतीसँग सम्बन्धविच्छेदको मन्जुरी दिँदै यस्तो टिप्पणी गरेको हो ।

अदालतले भनेको छ, ‘अभिलेखमा भएका प्रमाणले यो निष्कर्ष निकाल्न सकिन्छ कि श्रीमतीले कालो वर्णका लागि श्रीमानलाई अपमानित गर्थिन् र यसै कारण अन्य कुनै कारण बिना उनी श्रीमानबाट अलग बसिरहेकी थिइन् ।’

उच्च अदालतले भन्यो, ‘यो पक्ष लुकाउने उद्देश्यले श्रीमतीले श्रीमानमाथि अवैध सम्बन्ध रहेको झूटा आरोप लगाएकी छिन् । यी तथ्यले क्रूरता देखाउँछ ।’

यो जोडीले सन् २००७ मा विवाह गरेका थिए र दुवैका एक छोरी पनि छन् । सन् २०१२ मा श्रीमानले बैंगलोरको पारिवारिक अदालतमा सम्बन्धविच्छेदको लागि निवेदन दिएका थिए ।

श्रीमान् र ससुराले दाइजो मागेको र छोरीसहित घरबाट बाहिर निस्कन नदिएको महिलाले आरोप लगाएकी थिइन् ।

श्रीमतीले श्रीमानको अर्की महिलासँग अवैध सम्बन्ध रहेको र उनीहरू दुवैको एक सन्तान रहेको पनि आरोप लगाएकी थिइन् ।

सन् २०१७ मा पतिको सम्बन्धविच्छेदको निवेदन पारिवारिक अदालतले खारेज गरिदिएपछि उनी उच्च अदालत गएका थिए ।

उच्च अदालतले भन्यो, ‘श्रीमतीले श्रीमान् भए ठाउँ फर्किन कुनै पनि कोसिस गरिनन् र अभिलेखमा रहेका प्रमाणले यो पुष्टि गर्छ कि महिलालाई आफ्ना श्रीमानको कालो वर्णका कारण विवाहमा कुनै रुचि थिएन ।’ एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता
२०८३ श्रावण १४, बिहिबार
तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन
२०८३ श्रावण १४, बिहिबार
तालिबान अधिकारीमाथि आक्रमण गरेको आइएसको दाबी
२०८३ श्रावण १४, बिहिबार
नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो
२०८३ श्रावण १४, बिहिबार
विभिन्न जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह
२०८३ श्रावण १४, बिहिबार
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार