कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

डा. दामोदर पाण्डेकाे ‘तिम्रो याद’ मा बिकास र स्मारिकाको रोमान्स (भिडियो हेर्नुहोस्)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठ्माडाैंः गायक डा. दामोदर पाण्डेकाे स्वरमा नयाँ गीत भिडियो ‘तिम्रो याद’ सार्वजनिक भएको छ। आज नेपमेलो युट्उब च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक पाण्डेकै शब्द रचना रहेको छ ।

गीतमा संगीतकार उपेन्द्र लाल सिंहले संगीत भरेका छन भने गीतको एरेन्जको पाटो एरेन्जर प्रमोद परियारले सम्हालेका छन् । भिडियाेकाे निर्देशन भने निर्देशक सान थापाले गरेका हुन्।

बुद्ध थापाको सिनेमेटोग्राफी रहेको गीतको भिडियाेमा मोडल बिकास लामिछाने र समारिका ढकालले अभिनय गरेका छन् ।

भिडियाेलाई न्याय दिन लामिछाने र ढकालले भरपुर मेहेनत गरेका छन् ।यी दुईको जोडी भिडियाेमा उत्तिकै जमेको छ।

गायक पाण्डे अमेरिकामा बस्छन्। नेपालमै जन्म लिई हुर्की डाक्टर बनेका पाण्डे हाल अमेरिकामै कार्यरत छन् ।

अमेरिका बसे तापनि उनीमा नेपालीपन, नेपाल र नेपाली संगीतप्रतिको माया भने कहिले फिक्का भएन। फलत, उनले ‘तिम्रो याद’ बजारमा ल्याएका हुन्।

भिडियो हेर्नुहो्स्

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार