कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

गायक तुलसी सिवाकोटीको चटपटेको ठेला सार्वजनिक (भिडियो हेर्नुहोस्)

गायक सिवाकोटीले नयाँ गीत चटपटेको ठेला सार्बजनिक गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः लामो समयदेखि युरोपलाई कर्मथलो बनाएर नेपाली गीत संगीतलाई निरन्तरता दिइरहेका गायक  तुलसी सिवाकोटीको ‘ चटपटेको ठेला‘ सार्वजनिक भएको छ ।

नेपाली संगीत बजारमा एउटा अलग पहिचान बनाएका गायक हुन् तुलसी सिवाकोटी ।  विगत १२ बर्षदेखि युरोपमा बसोबास गर्दै आएका सिवाकोटी प्राय:जसो विदेशमा हुने हरेक कार्यक्रममा उनको प्रस्तुति रहने गरेको छ ।

नेपाली संगीत बजारमा अलग्गै पहिचान बनाउन सफल गायक सिवाकोटीले नयाँ गीत चटपटेको ठेला सार्बजनिक गरेका हुन् ।

रबिन स्वप्निल गिरीको शब्द रहेको गीतको संगीत/एरेन्जर/मिक्स/मास्टर दिपकराज विश्वकर्माले गरेका हुन् । प्रेम र रोमान्सलाई निकै प्रेमिल रुपमा गीतमा प्रस्तुत गरिएको छ ।

निशाल पौडेलको छायाँकन, विकास दाहालको सम्पादन तथा निर्देशन युवराज वाइबाले गरेका हुन् । प्रेमी प्रेमिकाबीचको रोमान्टिक दृश्यहरुलाई निर्देशक वाइबाले कलात्मकशैलीमा भिडियोमा देखाएका छन् ।

भिडियोमा सरोज प्रजा र उषा उप्रेतीको अभिनय रहेको छ । जसको कोरियोग्राफी प्रमोद के भण्डारीले  गरेका हुन् । प्रेम र समपर्णलाई आमदर्शक तथा स्रोताको चाहना अनुरुपको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको निर्माता गणेश प्रसाईले बताए ।‘

भिडियो हेर्नुहोस् :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार