वैशाख ३०, २०८१ आइतबार May 12, 2024

आफ्नै बाबुले गरे १६ वर्षीय छोराको हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२८ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमामा पाँच जनाको ज्यान जाने गरी सामूहिक हत्याको घटना सेलाउन नपाउँदै गए राति कञ्चन गाउँपालिका वडा नं १ कुचेरामा बाबुले आफ्नै छोराको हत्या गरेका छन् ।

राति घरमै सुतिरहेका बेला बाबु रिमबहादुर कुमालले करीब १स्३० बजे १६ वर्षीय सुदीपलाई बञ्चरो प्रहार गरी घाइते बनाएकामा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।

अभियुक्त रिमबहादुरलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको र अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्वास्थ्य परीक्षणका लागि ल्याइएको छ ।

अभियुक्त ४८ वर्षीय रिमबहादुर अत्यधिक मादक पदार्थ सेवन गर्ने र सोही कारणले घटना गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया