श्रावण १९, २०८३ मंगलबार August 4, 2026

कन्चन र रेखाको ‘यो मौसम बैमानी’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चार बर्ष अघि रिलिज भएको गीत ‘चिसो चिसो छ यो मौसम’ को सफलतापछि चर्चित गायक तथा प्रथम लिम्बुवान आइडल बिजेता कन्चन थलंगले ‘चिसो चिसो छ यो मौसम’को दोस्रो भागको रुपमा ‘यो मौसम बैमानी’ गीत म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन्।

गायक थलङकै शब्द, संगीत , स्वर संगै अभिनय समेत रहेको गीतको म्युजिक भिडियो गत मङ्गलबार धरानको फ्रेन्ड्स सिनेमा हलमा एक भब्य कार्यक्रमका बीच सार्वजनिक गरिएको थियो ।

उनलाई म्युजिक भिडियोमा नायिका रेखा लिम्बुले साथ दिएका छन् । सार्वजनिक भएको छोटो समयमा यो गीत टिकटकमा समेत भाईरल बन्दैछ भने युटयुब भ्युज समेत राम्रै पाइरहेको छ।

सन्जिब सुब्बाको संगीत संयोजन , अर्जुन तिवारीको छायांकन, बिवेक सुनारको सम्पादन रहेको म्युजिक भिडियो सान थापाको निर्देशनमा निर्माण भएको हो।

यस अघि ‘चिसो चिसो छ यो मौसम’ कन्चन थलंग र मेलिना राईको स्वरमा मेल र फिमेल भर्शन ल्याईएको थियो र दुवै भर्सन दर्शक- श्रोताहरु द्वारा रुचाईएको थियो।

‘चिसो चिसो छ यो मौसम -२ ‘अर्थात्यो ‘मौसम बैमानी’ को फिमेल भर्सन समेत चर्चित गायिका मेलिना राईको स्वरमा केहि समयपछि आउने गायक तथा संगीतकार कन्चन थलंगले बताए। म्युजिक भिडियो उनकै अफिसियल च्यानलमा रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार