कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

कन्चन र रेखाको ‘यो मौसम बैमानी’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः चार बर्ष अघि रिलिज भएको गीत ‘चिसो चिसो छ यो मौसम’ को सफलतापछि चर्चित गायक तथा प्रथम लिम्बुवान आइडल बिजेता कन्चन थलंगले ‘चिसो चिसो छ यो मौसम’को दोस्रो भागको रुपमा ‘यो मौसम बैमानी’ गीत म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन्।

गायक थलङकै शब्द, संगीत , स्वर संगै अभिनय समेत रहेको गीतको म्युजिक भिडियो गत मङ्गलबार धरानको फ्रेन्ड्स सिनेमा हलमा एक भब्य कार्यक्रमका बीच सार्वजनिक गरिएको थियो ।

उनलाई म्युजिक भिडियोमा नायिका रेखा लिम्बुले साथ दिएका छन् । सार्वजनिक भएको छोटो समयमा यो गीत टिकटकमा समेत भाईरल बन्दैछ भने युटयुब भ्युज समेत राम्रै पाइरहेको छ।

सन्जिब सुब्बाको संगीत संयोजन , अर्जुन तिवारीको छायांकन, बिवेक सुनारको सम्पादन रहेको म्युजिक भिडियो सान थापाको निर्देशनमा निर्माण भएको हो।

यस अघि ‘चिसो चिसो छ यो मौसम’ कन्चन थलंग र मेलिना राईको स्वरमा मेल र फिमेल भर्शन ल्याईएको थियो र दुवै भर्सन दर्शक- श्रोताहरु द्वारा रुचाईएको थियो।

‘चिसो चिसो छ यो मौसम -२ ‘अर्थात्यो ‘मौसम बैमानी’ को फिमेल भर्सन समेत चर्चित गायिका मेलिना राईको स्वरमा केहि समयपछि आउने गायक तथा संगीतकार कन्चन थलंगले बताए। म्युजिक भिडियो उनकै अफिसियल च्यानलमा रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार