असार ३२, २०८२ बुधबार July 16, 2025

प्रेम सेन्चुरीको ‘परदेशले मलाई रुवायो’ गीत सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२९ जेठ, काठमाडौँ । गायक प्रेम सेन्चुरीको आफ्नै शब्द, संगीत र स्वरको नयाँ गीत ूपरदेशले मलाइ रुवायो” बोलको गीतले सार्बजनिक भएको छ ।

आफ्नो देश,घर(परिवार,गाउँ घर(बनपाखा छोडेर परदेशको भूमिमा सहनु परेको एक्लोपनसहितको छटपटी गीतको शब्दमा समेटिएको छ । बिरानो ठाउँमा सुख खोज्दा खोज्दै आधा उमेर बितिसकेपनि सुख नभेटिएको र जन्मभूमिको यादले हरपल सताईरहेको हुनाले आफ्नै देश फर्कने बाचा गीतमा गरिएको छ ।

हाल अमेरिकाको न्युयोर्कमा रहेका गायक प्रेम सेन्चुरीले बिगत २ दशक अघिदेखिको सांगीतिक यात्रामा आफ्नै प्रस्तुतिका गीति एल्बम र फुटकर सबै गरेर दर्जनौं गीत गाइसकेका छन् ।

विगतमा बिबिध कारणले सुस्ताएको आफ्नो संगीत कर्म अब निरन्तर रुपमा अगाडी बढ्ने कुरा प्रेम सेन्चुरीले जानकारी गराएका छन् ।

गीतको भिडियो :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया