श्रावण १९, २०८३ मंगलबार August 4, 2026

ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

रणवीर सिंह अयान मुखर्जीको फिल्म ब्रह्मास्त्रको भाग–२ मा देवको भूमिकामा देखिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुम्बइ, २३ मंशिर । रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म  ‘ब्रह्मास्त्रः पार्ट वन–शिवा’ सन् २०२२ मा रिलिज भएको थियो। यो फिल्म बक्स अफिसमा ब्लकबस्टर भयो । जसका कारणा यो फिल्म रिलिज भए देखि नै फ्यानहरु यसको सिक्वेलको प्रतिक्षामा छन् ।

यसैबीच धेरै पटक यस्तो हल्ला फैलिएको छ कि रणवीर सिंह अयान मुखर्जीको फिल्म ब्रह्मास्त्रको भाग–२ मा देवको भूमिकामा देखिनेछन्। केही मिडिया रिपोर्टहरूमा ऋतिक रोशन वा कन्नड अभिनेता यशले यो भूमिका खेल्न सक्ने अनुमान गरिएको थियो। यद्यपि आधिकारिक रूपमा कसैको नाम पुष्टि भएको छैन। तर अब एक रिपोर्ट अनुसार रणवीर सिंहले ब्रह्मास्त्र पार्ट २ मा देवको भूमिका निभाउने भएका छन् ।

न्यूज १८ को रिपोर्ट अनुसार एक स्रोतबाट जानकारी प्राप्त भएको छ कि ‘ब्रह्मास्त्र– २’ मा महत्त्वपूर्ण भूमिका खेल्न रणवीर सिंहलाई छनोट गरिएको छ र त्यो भूमिका रणवीर कपुरका पिता देवको हो। भूमिकाका लागि फाइनल मात्र नभएर उनले साइन पनि गरिसकेको जनाइएको छ ।

दोस्रो भागको स्क्रिप्टिङको काम अझै जारी छ र फिल्म २०२५ मा रिलिज हुने अपेक्षा गरिएको छ । अहिले अयान मुखर्जी  ‘वार २’ मा व्यस्त छन् भने रणवीरले पनि यसै वर्ष  ‘बैजु बावरा’ को सुटिङ सुरु गर्नेछन् । तसर्थ, ब्रह्मास्त्र २ कहिले आउने हो भन्ने अझै स्पष्ट छैन।

स्रोतका अनुसार यदि सबै ठीक भयो भने रणवीरले सन् २०२४ को मध्यमा सञ्जय लीला भन्सालीको ‘बैजु बावरा’ सुरु गर्नेछन्।

यसअघि ‘ब्रह्मास्त्र २’ को छायांकन २०२५ को सुरुमा सुरु हुने भनिए पनि अब ‘डन–३’ सोही समयमा फ्लोरमा जाने बताइएको छ । यस्तो अवस्थामा रणवीरले पहिले ‘डन ३’ र त्यसपछि ‘ब्रह्मास्त्र २’ को सुटिङ गर्नेछन्।

‘ब्रह्मास्त्र’ को कुरा गर्दा यो फिल्म बक्स अफिसमा सुपर डुपर हिट भयो । फिल्मको भिएफएक्स र फोटोग्राफीको निकै प्रशंसा भएको थियो । फिल्ममा रणवीर कपुर र आलिया भट्टले मुख्य भूमिका निर्वाह गरेका थिए भने शाहरुख खानले फिल्ममा केमियो गरेका थिए । ब्रह्मास्त्र २०२२ को ब्लकबस्टर फिल्महरू मध्ये एक थियो जसले विश्वव्यापी रूपमा ४३१ करोड कमाएको थियो। ब्रह्मास्त्रले भारतमा २६९।४ करोडको व्यापार गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार