कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ प्रदर्शनमा

दुई फरक विधामा आधारित चलचित्रले दर्शकको साथ पाउने निर्माण पक्षको विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँः आजदेखि दुई नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ को प्रदर्शन सुरु गरिएको छ । दुई फरक विधामा आधारित चलचित्रले दर्शकको साथ पाउने विश्वास निर्माण पक्षको छ ।

पुराना निर्देशक उदय सुब्बाले निर्देशन गर्नुभएको २३औँ चलचित्र ‘दुई कदम’ पारिवारिक प्रेमकथामा आधारित चलचित्र भनिएको छ । विशेषत: यसै चलचित्रमार्फत अभिनयको सुरुआत डेब्यु गर्नुभएका अभिनेता इओन लिम्बू र अभिनेत्री सिमोन गिरीकै वरपर कथा केन्द्रित छ ।

“चलचित्रमा दुवै नयाँ कलाकारले राम्रो काम गर्नुभएको छ, आउँदो समय उहाँ दुवैका लागि राम्रो हुनेछ”, निर्देशक सुब्बाले भन्नुभयो, “मैले सामाजिक ड्रामा, प्रेमकथा, हास्यलगायतका सम्पूर्ण कुरा यसमा समेटेको छु, अघिल्ला अनुभवले पनि परिपक्व बनाउँदै अगाडि बढिरहेको छु ।”

चलचित्रमा सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बूलगायतका कलाकारले अभिनय गर्नुभएको छ । चलचित्रमा दयाराम घिमिरेले पटकथा लेखन, विक्रम डिसीले छायाँकन, रामजी लामिछाने र कविराज गहतराजले नृत्य निर्देशन, ताराप्रकाश लिम्बू, आशिष अविरल र विकास चौधरीले सङ्गीत सिर्जना, राजु किरातीले द्वन्द्व निर्देशन गर्नुभएको छ ।

आजदेखि नै प्रदर्शन गरिएको चलचित्र ‘जम्प’ लाई बनिरहेको भन्दा भिन्न भनिएको छ । निर्देशक आशुतोषध्वज कार्कीले मनोवैज्ञानिक विधामा आधारित रहेर चलचित्र तयार गरिएको बताउनुभयो ।

“नियमितरूपमा आइरहेका भन्दा फरक गरौँ भन्ने लगेर नै जम्प तयार भएको हो, यसमा थ्रिल र सस्पेन्स पनि छ”, निर्देशक कार्कीले भन्नुभयो, “सफलताको खोजीमा रहेका एथ्लेटिक्स खेलाडीको जीवनमा आउने उतारचढावमा चलचित्र केन्द्रित छ ।”

यसमा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शङ्कर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रञ्जित, सुदीप भुसाल, इलिस विष्टलगायतका कलाकारले अभिनय गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार