मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

चीनमा भूकम्प : एक सय जनाभन्दा बढीको ज्यान गयो

गान्सुका साथै किंघाई प्रान्तका समेत दर्जनौँ घरहरु भत्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः  चीनको गान्सु प्रान्तमा शक्तिशाली भूकम्प जाँदा एक सय ११ जनाको मृत्यु भएको छ ।

सोमबार राति गएको भूकम्पमा परी २ सय २० जना घाइते भएका बीबीसीले जनाएको छ । गान्सुका साथै किंघाई प्रान्तका समेत दर्जनौँ घरहरु भत्किएका छन् ।

अमेरिकी जियोलोजिकल सर्भे (यूएसजीएस) ले ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले भने गान्सु प्रान्त र किंघाईसँगको सीमा क्षेत्रमा ६ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

भूकम्पका कारण गान्सुमा एक सय र किंघाईमा ११ जनाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ । उक्त क्षेत्रका थुप्रै घरहरुमा क्षति पुगेको छ भने खानेपानी, विद्युत, यातायात तथा सञ्चार सेवासमेत प्रभावित भएको छ ।

भूकम्प गएलगत्तै चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्धार कार्यमा सम्पूर्ण शक्ति लगाउन निर्देशन दिएका छन् ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार