श्रावण १९, २०८३ मंगलबार August 4, 2026

हरिवंश आचार्यको नयाँ गीत ‘हिँड माया हिँड’ सार्वजनिक (भिडियो सहित)

भिडियोमा हरिवंशसँगै कलाकारहरू प्रियङ्का कार्की, कविता न्यौपाने, बालकृष्ण ओलीलगायत कलाकारको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हास्य कलाकार हरिवंश आचार्यको नयाँ गीत ‘हिँड माया हिँड’ सार्वजनिक भएको छ । माइती नेपालको प्रस्तुति रहेको गीतमा हरिवंशकै शब्द र सङ्गीत छ । स्वरमा उहाँलाई गायिका स्मिता दाहालले साथ दिनुभएको छ ।

मसाज सेन्टर या डान्सबारको काम भनेर लैजाने तर त्यहाँ पुर्‍याएपछि देह व्यापारमा लगाउने, यातना दिनेलगायतका समस्या बढिरहेका छन् । त्यही कथा गीतमा छ । साहस शाक्यको एरेन्ज रहेको गीतको भिडियोमा हरिवंशसँगै कलाकारहरू प्रियङ्का कार्की, कविता न्यौपाने, बालकृष्ण ओलीलगायत कलाकारको अभिनय रहेको छ ।

पवन सुस्लिङले खिच्नुभएको गीतको भिडियो सम्पादन प्रवीण भट्टले गर्नुभएको हो भने गीतमा गम्भीर विष्टको निर्देशन रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार