श्रावण १९, २०८३ मंगलबार August 4, 2026

एनिमलः अष्ट्रेलिया र क्यानडामा धेरै कमाइ गर्ने पहिलो हिन्दी फिल्म

वर्षको अन्त्यसँगै शाहरुख खानको  ‘डंकी’ र प्रभासको ‘सालार’ क्रिसमसको अवसरमा रिलिज हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुम्बइ, ४ पुस । बलिउडको एक्शन थ्रिलर फिल्म एनिमलको क्रेज अन्त्य हुन सकेको छैन ।

सन्दीप रेड्डीको निर्देशनमा बनेको यो फिल्मले भारतमा मात्रै होइन देशबाहिर पनि हलचल मचाएको छ । अब यसले नयाँ नयाँ रेकर्ड बनाएको छ । एनिमल फिल्मले अस्ट्रेलिया र क्यानडामा हालसम्मकै सबैभन्दा धेरै कमाउने चलचित्र बनेको एनिमल फिल्मले सामाजिक सञ्जालमा जानकारी दिएको छ । यसअघि यो स्थिति शाहरुख खानको फिल्म पठानको नाममा थियो ।

एक रिपोर्ट अनुसार, एनिमल फिल्मले अष्ट्रेलियामा लगभग ४७ लाख ५० हजार डलर र क्यानडामा लगभग ६१ लाख ३५ हजार डलर कमाई गरेको छ । यो कमाइ रिलीजको १८ दिन भित्रको हो ।

यो चलचित्र हलमा आएको १८ दिन भैसकेको छ र अझै पनि यो चलचित्र हेर्नको लागि ठूलो संख्यामा दर्शक हलमा पुगिरहेका छन् । रणवीर कपूर र बबी देओलको यो फिल्म  ‘साम बहादुर’ फिल्मसँगै डिसेम्बर १ मा सिनेमाघरमा रिलिज भएको थियो ।

रणवीर र बबीको यो फिल्म हिन्दी बाहेक तमिल र तेलुगु भाषामा पनि रिलिज भएको छ । तमिल भाषामा फिल्मको कलेक्शन राम्रो थियो तर हिन्दी र तेलुगुमा फिल्मले ठूलो कमाइ गरेको थियो । आइतवार अर्थात १७ औं दिन फिल्मको कमाई करिब १३.५ करोड रहेको थियो भने सोमबार पनि राम्रो कमाई गरेको थियो । अहिले सम्म हिन्दी भाषामा ४६९.७९ करोड कमाइसकेको बताइएको छ ।

एनिमल चलचित्रले हलमा कमाउन मात्र ३ दिन बाँकी छ । वर्षको अन्त्यसँगै शाहरुख खानको  ‘डंकी’ र प्रभासको ‘सालार’ क्रिसमसको अवसरमा रिलिज हुँदैछन् । यी चलचित्रहरू डिसेम्बर २२ मा हलमा रिलिज हुनेछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार