कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

शाहरुखको डंकीले तीन दिनमा कमायो १०३ करोड रुपैयाँ

कमाईको मामिलामा यो वर्ष रिलिज भएको शाहरुखको फिल्म पठान र जवानको तुलनामा डंकी दुवै फिल्मभन्दा निकै पछाडि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुम्बई, ८ पुस । शाहरुख खान अभिनित फिल्म डंकी हलमा रिलिज भएको तीन दिन बितेको छ । यस वर्ष शाहरुखका पठान र जवान जस्ता फिल्म रिलिज भएपछि डन्कीबाट पनि धेरै अपेक्षाहरू रहेका थिए । रिलिज हुने बित्तिकै डंकीले बक्स अफिसमा ठूलो कलेक्सन गरेको छ ।

पहिलो दिन फिल्मको बक्स अफिस कलेक्सन ३५.२३ करोड कमाई गरेको डंकीले तीन दिनमा १ सय ३‍.४ करोड कमाएको रेड चिल्ली इन्टरटेन्टमेन्टले जानकारी दिएको छ ।

शाहरुखको डंकी रिलिज भएको दोस्रो दिन बाहुबली स्टार प्रभासको फिल्म सालारको रिलिजले डङ्कीको कलेक्शनलाई असर भने गरेको छ । सालार रिलिज भएसँगै डङ्कीको दोस्रो दिनको कलेक्सन झण्डै ३० करोडमा झरेको थियो तर रिलिजको तेस्रो दिन फिल्मले फेरि एकपटक गति लिएको छ । साताको अन्त्यका कारण दोस्रो दिनको तुलनामा तेस्रो दिन फिल्मको कलेक्शन बढेको मानिएको छ ।

तेस्रो दिनको कलेक्शनको कुरा गर्दा फिल्मले सप्ताहन्तमा राम्रो नाफा कमाएको छ । सालार रिलिजका कारण दोस्रो दिन फिल्मको कमाई घटेपछि तेस्रो दिन डंकीले उत्कृष्ट कलेक्सन गरेको छ । तेस्रो दिन शाहरुखको डङ्कीले करिब २८ करोड कमाएको छ । योसँगै फिल्मको हालसम्म कुल कमाई करिब १०३ करोड रुपैयाँ पुगेको हो । चौथो दिन पनि चलचित्रले सप्ताहन्तको फाइदा लिन सक्ने अनुमान गरिएको छ ।

तर, कमाईको मामिलामा यो वर्ष रिलिज भएको शाहरुखको फिल्म पठान र जवानको तुलनामा डंकी दुवै फिल्मभन्दा निकै पछाडि रहेका छन् । पठानले तेस्रो दिन बक्स अफिसमा ३८ करोड भारु कलेक्सन गरेको थियो, त्यसपछि पहिलो तीन दिनमा फिल्मको कुल कमाई १६१ करोड पुगेको थियो । जवानको कुरा गर्दा तेस्रो दिन करिब ६८ करोड कलेक्सन भएको थियो भने पहिलो तीन दिनको कुल कमाई १८० करोडको हाराहारीमा थियो ।

राजकुमार हिरानी निर्देशित डंकीको बजेट १२० करोड रहेको छ । यसअघि राजकुमार हिरानीले मुन्नाभाई एमबीबीएस, पीके र थ्री इडियट्स जस्ता सुपरहिट फिल्मका निर्देशकका रूपमा उद्योगमा विशेष स्थान राखेका छन् । डंकीको स्टार कास्टको कुरा गर्दा किंग खान बाहेक तापसी पन्नु, बोमन इरानी, ​​सतीश शाह र विक्रम कोचर पनि मुख्य भूमिकामा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार