असोज २, २०८३ शुक्रबार September 18, 2026

पर्वत दुर्लुङमा पहिरोमा पुरिएर पाँचजनाको मृत्यु, चारजना बेपत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पर्वत । पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारीमा शनिबार बेलुका भीषण वर्षासँगै आएको पहिरोले पुरिएर पाँचजनाको मृत्यु भएको छ । पहिरोमा चारजना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

शनिबार बेलुका मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएर ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको मृत्यु भएको हो ।

उनीहरुको शव शनिबार राति नै फेला परेको थियो । यस्तै आइतबार बिहान दीपा थापा र कमला विकको शव फेला परेको प्रहरीले जनाएको छ । थापाको घरमा रहेका अन्य दुई र कमला विकको घरमा रहेका दुईजना बेपत्ता छन् ।

बेपत्ता हुनेमा सम्राट थापा, विवेक थापा, जेनिस विक र प्रमिसा विक रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको स्काभेटर प्रयोग गरी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरो गएलगत्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा उद्धारमा खटिएका थिए ।

राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए । आइतबार बिहानदेखि पुनः उद्धारकार्य सुरु भएको कुश्मा–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताए ।

शनिबार बेलुका ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानीपछि पहिरो गएको हो । पहिरोले उनीहरुका घरमा रहेका अन्य पशुचौपायासमेत मरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने सरकारको तयारी : मन्त्री रामजी यादव
२०८३ असोज २, शुक्रबार
संविधान जनताको सर्वोच्चता स्थापित गर्ने दस्तावेज हो : मुख्यमन्त्री भट्ट
२०८३ असोज २, शुक्रबार
१५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
२०८३ असोज २, शुक्रबार
पुरुष सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग पराजित
२०८३ असोज २, शुक्रबार
Bhotekoshi floods: 70 injured return home after treatment
२०८३ असोज २, शुक्रबार
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करबीच भेटवार्ता
२०८३ असोज २, शुक्रबार
फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु
२०८३ असोज २, शुक्रबार