असोज २, २०८३ शुक्रबार September 18, 2026

फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

कक्षा ९ का विद्यार्थीले दुई जना साथीलाई लन्चपछि तुरुन्तै घटना घटाउने आफ्नो योजनाबारे चेतावनी दिएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मनिला, असोज २ गते । दक्षिणी फिलिपिन्सको एउटा विद्यालयमा शुक्रबार एक विद्यार्थीले गरेको घातक आक्रमणमा कम्तीमा दुई जनाको हत्या गरेको अधिकारीले जनाएका छन् । स्थानीय उद्धार कर्ताले मिन्डानाओको दक्षिण कोटाबातो प्रान्तको बङ्ग नेशनल उच्च माध्यामिक विद्यालयमा भएको गोली हानाहानको बारेमा जानकारी प्राप्त भएपछि घटना स्थलमा पुग्दा एक पुरुष र एक महिलाको मृत्यु भईसकेको जनाएका छन् ।

उनीहरुका अनुसार दुवै जना कक्षा ९ का विद्यार्थी आपदा एजेन्सीका कर्मचारी रिजाली डेडेलललाई उदृत गर्दै एएफपीले जनाएको छ । दक्षिण कोटाबातो प्रान्तीय गभर्नर रेनाल्डो तामायोले बन्दुकधारी पीडितको सहपाठी भएको बताउँदै त्यस स्कुलको कक्षा नौँ को विद्यार्थी रहेको प्रष्ट पर्नुभएको छ ।

बन्दुकको गोलीले घाइते भएका कम्तीमा तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेकोसमेत उहाँले बताउनुभयो । तमायोले बन्दुकधारीले हाते बन्दुक प्रयोग गरेर एक्लैले यस्तो घटना घटाएको बताउनुभएको छ । बङ्गाका मेयर अल्बर्ट पालेन्सियाले छुट्टै रेडियो अन्तर्वार्तामा शिक्षा विभागका अधिकारीका छोरा तथा घटनाका सन्दिग्धले घरबाट बन्दुक लिएको बताउनुभयो ।

कक्षा ९ का विद्यार्थीले दुई जना साथीलाई लन्चपछि तुरुन्तै घटना घटाउने आफ्नो योजनाबारे चेतावनी दिएकोसमेत उहाँले बताउाुभयो । प्रहरीले हालसम्म बन्दुकधारीको उमेर पुष्टि गर्न नसकेको जनाइएको छ । सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरिएको र एएफपीले प्रसारण गरेको भिडियोमा, एक व्यक्तिले स्कुलबाट घाइते बालक जस्तो देखिने वस्तु बोकेको देख्न सकिन्छ ।

मिन्दानाओको अर्को विद्यालयमा आत्महत्या गर्नुअघि एक जना विद्यार्थीले आफ्ना साथीलाई गोली हानेर आत्महत्या गरेको प्रत्यक्ष प्रसारण गरेको एक महिनापछि शुक्रबार यो गोलीकाण्ड भएको हो । सुरक्षा बलियो बनाउन यस महिना फिलिपिन्समा प्रत्यक्ष सुटर अभ्यास गरिएको थियो । पालेन्सियाले शुक्रबार बङ्गाका बन्दुकधारीका आमाबाबु त्यहाँ अभ्यासमा संलग्न रहेको पनि बताउनुभएको छ । रासस/एएफपी 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया