श्रावण १२, २०८१ शनिबार July 27, 2024

एउटा यस्तो देश जहाँ मुस्लिमहरूले शव गाडदैनन, हिन्दु झै जलाउँछन्

अधिकांश स्थानीयले शव जलाउने भएकाले नयाँ चिहान निर्माणमा पनि प्रशासनले ध्यान दिएको छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

टोकियो, ३ माघ । जापान विश्वका विकसित देशहरूमा पर्छ। विज्ञानदेखि प्रविधिसम्म धेरै देशहरू जापान भन्दा अगाडि अरू छैनन् भने पनि हुन्छ।

जापानको कुल जनसङ्ख्या करिब १२ करोड छ, जसमध्ये करिब एक प्रतिशत अर्थात लगभग २ लाख मुस्लिम र त्यति नै संख्यामा इसाई छन् । जापानमा बसोबास गर्ने मुस्लिमहरू आजकल अनौठो समस्याको सामना गरिरहेका छन्। मृत्युपछि शव गाड्न दुई गज जग्गा पनि नभए पछि त्यहाँ अनौठो परम्परा बसेको छ ।

जापानको ९९ प्रतिशत जनसङ्ख्या बौद्ध धर्मावलम्बीहरूको छ र उनीहरूले बुद्ध वा शिन्तो परम्पराअनुसार शव जलाउँछन्। जसरी हिन्दु धर्ममा हुन्छ । तर इस्लाममा शव जलाउन निषेध गरिएको छ र मृतकलाई मृत्यु भएको २४ घण्टाभित्र गाड्नु पर्छ। तर हालत यस्तो छ कि मृत्युको खबर सुनेर जापानी मुस्लिमहरू डर मान्छन् ।

जापानमा जम्मा ७ वटा सार्वजनिक कब्रिस्तान छन्, जहाँ मुस्लिम र क्रिस्चियनहरूका लागि दफनको व्यवस्था गरिएको छ। अहिले अधिकांश चिहानमा ठाउँ नै छैन । क्योडो न्यूजका अनुसार जापानमा विदेशी नागरिकको संख्या हालका वर्षहरूमा तीव्र गतिमा बढेको छ। त्यहाँ मुस्लिमहरूको संख्या राम्रो छ तर अझै पनि देशमा केवल ७ मात्र कब्रिस्तानहरू छन्।

अधिकांश स्थानीयले शव जलाउने भएकाले नयाँ चिहान निर्माणमा पनि प्रशासनले ध्यान दिएको छैन । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार केन्द्र सरकारले चिहान सम्बन्धी कुनै नियम बनाएको छैन तर त्यो निर्णय गर्ने अधिकार स्थानीय निकायमा छाडेको छ । एक हिसाबले यो नियम मुस्लिमहरूको लागि घाटा बनेको छ।

जापान इस्लामिक ट्रस्टका अनुसार स्थानीय निकायले नयाँ चिहान बनाउन स्वीकृति दिन चाहेमा पनि स्थानीय जनताको दबाबमा पछि हट्छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार