मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

हमास प्रमुख हनिया र टर्कीका विदेशमन्त्रीबीच भेटवार्ता

‘मानवीय सहायता बढाउने र स्थायी शान्तिको लागि दुई–राज्य समाधान’ का बिषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक समूह हमासका कतारस्थित प्रमुख इस्माइल हनिया र टर्कीका विदेशमन्त्रीबीच शनिबार भेटवार्ता भएको छ ।

गत अक्टोबर ७ मा इजरायलको मा एक्कासी आक्रमण गर्दा कम्तीमा एक हजार एक हजार १४० जनाको मृत्यु भएको र हमासका लडाकूहरूले करिब २५० बन्धकहरूलाई कब्जामा लिएका थिए । इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता हमास र बाँकी बन्दीहरूको रिहाईका साथै ‘जतिसक्दो चाँडो युद्धविराम’ गर्नु छलफलको मुख्य विषय भएको टर्की सम्वद्ध स्रोतले जनाएको छ ।

स्रोतका अनुसार भेटका क्रममा दुवै पक्षले ‘मानवीय सहायता बढाउने र स्थायी शान्तिको लागि दुई–राज्य समाधान’ का बिषयमा छलफल भएको छ । फिदान र हनियाबीच पछिल्लो पटक अक्टोबर १६ मा फोन वार्ता भएको थियो । हमासको आक्रमणको प्रतिक्रियास्वरूप इजरायलद्वारा हमासमाथि शुरू गरेको आक्रमणको जवाफमा हमासलाई ध्वस्त पार्ने प्रतिबद्धता जनाएको छ ।

इजरायलले गरेको लगातारको बमबारी र स्थल आक्रमणका कारण गाजामा कम्तीमा २५ हजार १०५ जनाको मृत्यु भएको छ, जसमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

इस्तानबुल अक्टोबर ७ को आक्रमण अघि हमासका राजनीतिक नेताहरूको आधारको रूपमा काम गर्दथ्यो । इजरायलको इतिहासकै सबैभन्दा घातक आक्रमणको उत्सव मनाउँदै गरेको भिडियोमा टर्कीको भू–भाग कैद भएपछि टर्कीले हमासका प्रमुखलाई देश छोड्न भनेको थियो । तर टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआन गाजामा भइरहेको मृत्यु र विनाशको परिमाणको मुस्लिम विश्वको सबैभन्दा कठोर आलोचक बन्नुभएको छ ।

एर्दोगानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई एडोल्फ हिटलरसँग तुलना गर्दै अमेरिकाले प्यालेस्टाइनीहरूको ‘नरसंहार’लाई प्रायोजन गरेको आरोप लगाउनुभएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार