असोज १, २०८३ बिहिबार September 17, 2026

बार्सिलोनालाई पछ्याउँदै रियल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । स्पानिस ला लिगामा अन्तर्गत आइतबार भएको खेलमा रियल मड्रिडले आइबरलाई पराजित गर्दै शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी घटाएको छ ।

क्लबको युथ टिमको मैदान डे स्टाफानोमा भएको खेलमा रियलले आइबरलाई ३-१ ले हरायो । रियलले पहिलो हाफमै ३ गोल गरेको हो ।

खेलको चौथो मिनेटमै टोनी क्रुसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ३०औं मिनेटमा कप्तान सर्गियो रामोसले गोल गर्दै अग्रता दोब्बर पारे । ३७औं मिनेटमा मार्सेलोले गोल गरेपछि रियलले ३-० को अग्रता बनायो ।

आइबरका लागि दोस्रो हाफमा पेड्रो बिगासले एक सान्त्वना गोल फर्काए । घरेलु मैदान सान्टियागो बर्नाबेउ पुनर्निर्माणको क्रममा रहेकाले रियलले होम म्याच युथ टिम कास्टिलाको मैदानमा खेलेको हो ।

जितपछि रियलले २८ खेलबाट ५९ अंक जोडेको छ शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी २ मा झारेको छ । समान खेलबाट लिग लिडर बार्सिलोनाको ६१ अंक छ ।

यस्तै चौथो स्थानको रियल सोसिडाड भने ओसासुनासँग १-१ को बराबरीमा रोकिएको छ । सोसिडाडको घरेलु मैदानमा भएको खेलमा एड्रिएन लोपेजले २९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै ओसासुनालाई अग्रता दिलाएका थिए । सोसिडाडका लागि मिकेल ओयाजाबालले बराबरी गोल फर्काए ।

बराबरीपछि २८ खेलबाट ४७ अंकसहित सोसिडड चौथो स्थानमै यथावत छ । तेस्रो स्थानको सेभियाभन्दा ३ अंकले पछि रहेको सोसिडाडले गेटाफे र एट्लेटिको मड्रिडलाई समान एक अंकले पछि पारेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिविको ५२ औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुला
२०८३ असोज १, बिहिबार
चुरे दोहन र बाढी-पहिरोको मारमा सर्लाही-१ : तटबन्ध निर्माण र कूटनीतिक पहल गर्न सरकारसँग माग
२०८३ असोज १, बिहिबार
जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान हुनुपर्छ : सभामुख अर्याल
२०८३ असोज १, बिहिबार
राष्ट्रपति पौडेललाई अख्तियारले बुझायो वार्षिक प्रतिवेदन
२०८३ असोज १, बिहिबार
यमनमा हुथी र सरकारी सेनाबीच द्वन्द्व चर्किदैं
२०८३ असोज १, बिहिबार
‘विपद्को सामाजिक-आर्थिक प्रभाव’ विषयमा अर्याललाई विद्यावारिधि
२०८३ असोज १, बिहिबार
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
२०८३ असोज १, बिहिबार