मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

नाइजेरियामा मुस्लिम गाेठाला र कृषक इसाइ समुह बिच झडप, ३० को मृत्यु

मङ्गु सहरमा करिब १५ सय मानिसहरूका लागि दुईवटा शिविर स्थापना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नाइजेरिया, १२ माघ । नाइजेरियाको पठार राज्यमा पछिल्लो समय भएकाे हिंसामा ३० जनाको मृत्यु भएको छ ।

नाइजेरियाको केन्द्रीय पठार राज्यमा भएकाे थप नयाँ हिंसामा कम्तिमा ३० जनाको मृत्यु भएको हाे  ।

मङ्गलबार र बुधबारको पछिल्लो हिंसा यस क्षेत्रमा क्रिसमस डे आक्रमण पछि आएको हो, यसअघिको हिंसामा कम्तिमा १ सय ४० जनाको मृत्यु भएको थियो।

सो राज्यका मुस्लिम गोठालाहरू र खेती गर्ने इसाइ समुदायहरू बीच वर्षौंदेखि झडप भइरहेका छन, साेही क्रममा पछिल्लाे साे घटना घटेको अन्तराष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन ।

पठारको मङ्गु जिल्लामा गत मंगलबार २४ घण्टे कर्फ्यू लगाइएको भएता पनि विद्यालय, पूजास्थल र घरमा आगजनी र तोडफोडसहित थप आक्रमण भएको इसाइ समुदायका नेताहरूले बताएका छन्। इसाई समुदायका अनुसार फुलानीका मुस्लिम गोठालाहरूले क्वाहास्लालेक गाउँमा आक्रमण गरेको र लगभग ३० जनाको ज्यान लिएका हुन ।

‘अहिले हाम्रा मानिसहरूलाई ईश्वरको कृपामा छोडिएको छ र उनीहरूले आत्मरक्षामा थोरै मात्रै गर्न सक्छन्, स्थित भयावह रहेकाे छ, ’ स्थानिय इसाइ संघले एक विज्ञप्तिमार्फत भनेको छ । सो घटनामा परी अहिलेसम्म १०० भन्दा बढी घाइते भएकाे भ्वाे न्युजले जनाएकाे छ ।

तर, सुरक्षाकर्मीहरूले हालैका आक्रमणहरूमा मृत्यु हुनेहरूको संख्याबारे टिप्पणी गरेका छैनन्। तर, विस्थापितहरूका लागि मङ्गु सहरमा करिब १५ सय मानिसहरूका लागि दुईवटा शिविर स्थापना गरिएको नाइजेरिया रेडक्रसका स्थानीय अध्यक्ष नुरुदीन हुसैनी मगजीले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार