श्रावण १२, २०८१ शनिबार July 27, 2024

जापानमा भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति

भूकम्पमा परी कम्तीमा २३६ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जापानले नयाँ वर्षको भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको जानकारी गराएको छ । जापानको राजधानी टोकियोमा नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १ मा गएको भूकम्पमा परी कम्तीमा २३६ जनाको मृत्यु भएको र भौतिक क्षतिको लागत १७ अर्ब ६० करोड अमेरिकी डलर पुग्ने एक सरकारी अधिकारीले शुक्रबार बताएका छन् ।

इशिकावा प्रान्तमा केन्द्रबिन्दु रहेको ७.५ म्याग्नीच्यूडको भूकम्प र त्यसपछिका पराकम्पनले जापानको समुद्री तटमा रहेको उक्त क्षेत्रको केही भाग ध्वस्त पार्नुका साथै भवनहरू भत्किएका छन्, सडकहरू भत्किएका छन् र ठुलो आगलागी भएको छ ।

इशिकावा र दुई छिमेकी क्षेत्रमा १.१ ट्रिलियन येन (७.४ बिलियन डलर) देखि २.६ ट्रिलियन येन (१७.६ अर्ब डलर) को क्षति भएको हुनसक्ने सरकारी अध्ययनले देखाएको हो ।

क्याबिनेट कार्यालयका एक अधिकारीले विगतका ठुला भूकम्पको तथ्याङ्क प्रयोग गरेर गणना गरिएको र बिहीबार सरकारी बैठकमा आर्थिक प्रतिवेदन पेस गरेको पुष्टि गरेका छन् । तर सन् २०११ मा उत्तरपूर्वी जापानमा गएको भूकम्प र सुनामीका कारण भएको १६.९ ट्रिलियन येनको क्षतिभन्दा यो निकै कम हो ।

त्यस विपत्तिले लगभग १८ हजार ५०० मानिसहरूको मृत्यु वा बेपत्ता र फुकुशिमा आणविक केन्द्रमा आणविक दुर्घटना निम्त्याएको थियो । यसलाई चेर्नोबिलपछिको विश्वको सबैभन्दा खराब आणविक दुर्घटना मानिएको छ ।

अधिकारीहरूले बिहीबार इशिकावाको पुनर्निर्माणको विस्तृत योजना सार्वजनिक गरेका छन् । इशिकावामा हिमपात र नराम्ररी क्षतिग्रस्त सडकहरूका कारण भूकम्पपछि राहत प्रयासलाई जटिल बनाएको छ।

यसमा कारखाना र बन्दरगाहहरूको पुनर्निर्माणका साथै यस क्षेत्रमा पर्यटकहरूलाई आकर्षित गर्न अनुदानका साथै उद्धारका लागि आश्रयस्थलहरूमा सुधार समावेश छ ।

जापान प्यासिफिक ‘रिंग अफ फायर’ मा अवस्थित छ, जुन तीव्र भूकम्पीय गतिविधिको चाप हो जुन दक्षिणपूर्व एसिया र प्रशान्त क्षेत्रमा फैलिएको छ ।

यो देश नियमित रूपमा भूकम्पको चपेटामा पर्दै आएको छ र भवनहरूले शक्तिशाली कम्पन सहन सक्ने सुनिश्चित गर्न कडा निर्माण नियमहरू छन् ।

नयाँ वर्षको भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएका विशेष गरी ग्रामीण क्षेत्रका समुदायहरूमा धेरै संरचनाहरू पुराना छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार