श्रावण १२, २०८१ शनिबार July 27, 2024

टर्कीलाई एफ-१६ लडाकु विमान बेच्न अमेरिकाको स्वीकृति

पश्चिमी सैन्य ब्लकमा एक सहयोगीग्रीसलाई उन्नत एफ–३ ५लडाकु विमानहरू बेच्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिंगटन डिसी, १४ माघ । संयुक्त राज्य अमेरिकाले टर्कीलाई एफ–१६ लडाकु विमान बेच्ने भएको छ ।

टर्की संसदले यसै हप्ता स्वीडेनको नेटो सदस्यतालाई अनुमोदन गरे पछि अमेरिकाले सैन्य बिमान बेच्ने निर्णय लिएको हो ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार नाटोको सहयोगी टर्कीलाई युद्ध विमान बेच्नको लागि ८.६ बिलियन अमेरिकी डलरको सम्झौताको बारेमा  कांग्रेसलाई सूचित गरिएको छ ।, साथै पश्चिमी सैन्य ब्लकमा एक सहयोगीग्रीसलाई उन्नत एफ–३ ५लडाकु विमानहरू पनि बेच्ने पनि निर्णय लिएको छ।

टर्कीलाई बिक्रीमा ४० वटा लकहिड मार्टिन एफ १६ र यसको अवस्थित एफ १६ फ्लीटमध्ये ७९ वटालाई आधुनिकीकरण गर्ने उपकरणहरू समावेश रहेका छन ।  ग्रीसले ४० एफ ३५ लाइटनिंग संयुक्त स्ट्राइक फाइटर र सम्बन्धित उपकरणहरू पाउने छ।

टर्कीले लामो समयदेखि आफ्नो एफ १६ फ्लीट अपग्रेड गर्न खोजेको थियो भने अक्टोबर २०२२ मा जेटहरूका लागि अमेरिकासँग अनुरोध गरेको थियो । तर, स्वीडेनको नाटो सदस्यतालाई अनुमोदन गर्न ढिलाइ गरे पछि अमेरिकन कांग्रेसको स्वीकृति लिन समय लागेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार