असार २३, २०८२ सोमबार July 7, 2025

सहकारीले सदस्य पहिचान फाराम भराउनुपर्ने

सहकारी सङ्घ/संस्थाहरूको अनुगमन निरीक्षणमा सबै सदस्यको फाराम भरे/नभरेको समेत अनुगमन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः देशभर रहेका सहकारी संस्थाले आफ्ना सदस्यलाई सदस्य पहिचान फाराम भराउनुपर्ने भएको छ ।

सङ्घीय सहकारी विभागले देशभर रहेका सहकारी संस्थाहरूलाई सदस्य पहिचान फाराम भराउन निर्देशन जारी गरेको हो । सहकारीमा आबद्ध सम्पूर्ण सदस्यको सदस्य पहिचान फाराम भरी अभिलेख स्पष्ट र व्यवस्थित गरी संस्थामा राख्न विभागले निर्देशन जारी गरेको हो ।

सहकारी सङ्घ/संस्थाहरूको अनुगमन निरीक्षणमा सबै सदस्यको फाराम भरे/नभरेको समेत अनुगमन गरिने विभागले जनाएको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७ क, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०७३ को नियम ४ र ५ तथा सहकारी विभागवाट सम्पति शुद्धीकरण निवारणसम्बन्धी सहकारी सङ्घ/संस्थालाई जारी गरिएको (तेस्रो संशोधनसहित) निर्देशन, २०७४ को दफा ३ अनुसार सहकारी सङ्घ/संस्थामा सदस्य हुन इच्छुक व्यक्तिको पहिचान तथा सम्पुष्टि गरेर मात्र सदस्य बनाउनुपर्ने व्यवस्था रहेको छ ।

सदस्यको पहिचान गर्दा सदस्यको विस्तृत विवरण फाराम भर्नुपर्ने र सो को नमुना सम्पत्ति शुद्धीकरण निवारण सम्बन्ध सहकारी सङ्घ/संस्थाहरूलाई जारी गरिएको (तेस्रो संशोधनसहित) निर्देशन, २०७४ मा छ । विभागले सबै सदस्यहरूको पहिचान गर्दा भराउने सदस्य पहिचान फारमको नमुना पनि सर्कुलरसँगै सार्वजनिक गरेको छ ।

सदस्य पहिचान फारामको विवरणमा व्यक्तिगत पारिवारिक, व्यवसाय, बसाइ, सहकारीमा सदस्यता, आयस्रोत, वित्तीय कारोबारको जानकारी गराउनुपर्ने विभागले जनाएको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार