श्रावण १२, २०८१ शनिबार July 27, 2024

मोनालिसाको पेन्टिङमा जलबायु कार्यकर्ताले किन फाले सुप ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पेरिस, १५ माघ । जलवायु परिवर्तनका अभियन्ताहरूले पेरिसको लुभ्र म्युजियममा रहेको मोनालिसाको चित्रकलालाई निशाना बनाएका थिए।

दुई महिला कार्यकर्ताले संग्रहालयमा रहेको चित्रकलाको अगाडिको गिलासबाट सुप फालेका छन् ।  सुरक्षालाई चकित पारेर दुवै महिला पेन्टिङको नजिक पुगेका थिए । यस घटनाको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा दुई महिलाले पहिले केही टाढाबाट पेन्टिङमा सुप फाल्छन् र त्यसपछि पेन्टिङको नजिक पुग्छन् ।

पेन्टिङमा सुप फालेपछि त्यहाँ उपस्थित सुरक्षाकर्मीले पेन्टिङको अगाडि कालो पर्दा लगाएको भिडियोमा देखिन्छ । फ्रान्सेली समाचार संस्थाका अनुसार दुई कार्यकर्ता पेन्टिङको नजिक पुग्छन र फ्रान्सेली भाषामा कराएर भन्छन, ‘कुन चाँही महत्त्वपूर्ण छ, कला वा स्वस्थ तथा उपयुक्त खाद्य प्रणालीको अधिकार ?’

उनीहरुले फ्रान्सेली भाषामा भनेका छन्,  ‘तपाईको कृषि प्रणाली खराब छ । हाम्रा किसान काम गर्दागर्दै मरिरहेका छन् ।’ यी दुवै कार्यकर्ता फ्रान्सेली संगठन रिपोस्टे एलिमेन्टेयरको प्रतिनिधित्व गरिरहेका थिए। पछि वातावरण र खाद्यान्नको स्रोतको आवश्यकतालाई उजागर गर्नका लागि यो विरोध गरिएको भन्दै जलवायु अभियन्ताले विज्ञप्ति जारी गरेका छन् ।

यसअघि पनि धेरै कार्यकर्ताहरूले जलवायु परिवर्तनको बारेमा सचेतना जगाउन आर्टलाई निशाना बनाएका छन्। यसअघि मे २०२२ मा एक विरोध प्रदर्शनका क्रममा मोनालिसाको पेन्टिङको अगाडिको गिलास थिचिएको थियो । अक्टोबर २०२२ मा लन्डनको नेशनल ग्यालरीमा भिन्सेन्ट भान गगको सनफ्लावर चित्रकलामा पनि सूप फालिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार